सहकारीलाई कृषि क्षेत्रमा जोड्न मन्त्री अर्यालको आग्रह | Khabarhub Khabarhub

सहकारीलाई कृषि क्षेत्रमा जोड्न मन्त्री अर्यालको आग्रह


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्थालाई कृषि उत्पादनतर्फ जोड्नुपर्ने विचार व्यक्त गरेकी छिन् ।

अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उनले कृषिको आयात प्रतिस्थापन गर्न सहकारी मुख्य विकल्प बन्न सक्ने बताइन् ।

मुलकभर झन्डै ३५ हजार सहकारी भएपनि कृषिमा सहकारी संस्थाको आकर्षण छैन । राज्यले कृषिलाई व्यावसायिक बनाउन अनुदान तथा सहुलियत कर्जाको व्यवस्था गरे पनि कृषिको आयात भने घटेको पाइँदैन । नेपालका सहारी संस्थासँग झण्डै रु सात खर्ब पूँजी बचत छ भने ६५ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

जुलाई ६ मा अन्तर्राष्ट्रिय सहकारी दिवस पर्छ । यस वर्ष उक्त दिवसको नारा ‘मर्यादित कामका लागि सहकारी’ भन्ने रहेको छ । प्रत्येक वर्ष नेपालमा सहकारी महासङ्घको आयोजनमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने चलन छ । आजकै दिन २५औँ संयुक्त राष्ट्रसङ्घ र २६औँ राष्ट्रिय सहकारी दिवस पनि पर्छ ।

शनिवारमा ललितपुरमा तीनवटै संस्थाको स्थापना दिवसको अवसर पारेर यस वर्षको उत्कृष्ट सहकारी पुरस्कार २०७५ ललितपुरको बहुउद्देश्यीय सहकारी सङ्घलाई र उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार क्रमशः प्रदेश १ बाट शुभलक्ष्मी सहकारी संस्था लि गौरादह–१ झापालाई, प्रदेश २ मा मनोकामना बहुउद्देश्यीय सहकारी संस्था लि हरिवन सर्लाहीलाई, प्रदेश ३ मा लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि ललितपुरलाई प्रदान गरिएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा आदर्श सञ्चार सहकारी संस्था लि बागलुङ, प्रदेश ५ मा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि। रुपन्देही, कर्णाली प्रदेशमा साना किसान कृषि सहकारी संस्था लि सुर्खेत र सुदूरपश्चिम प्रदेशमा किसान बहुउद्देश्यीय सहकारी संस्था लि कैलालीलाई नगद रु २० हजारसहित सम्मान गरिएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ६ : ४६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका