जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

जनताको आशालाई निराशामा परिवर्तन हुन दिँदैनौँ : परराष्ट्रमन्त्री ज्ञवाली


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जनताको आशालाई निराशामा परिवर्तन हुन नदिने अठोट व्यक्त गरेका छन् ।

गुल्मी रुपन्देही सम्पर्क मञ्च, क्षेत्र नं १ ले शनिवार बुटवलमा आयोजना गरेको विशेष भेटघाट कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले जनताको जीवनस्तर सुधारका लागि सरकारले महत्वपूर्ण कार्यक्रम अगाडि सारेकाले अनावश्यक हल्लाका पछाडि नलागी कार्यक्रम सफल बनाउनेतर्फ साथ दिन आग्रह गरे ।

उनले जिल्लाका जनताले अपनत्व महसुस गर्ने हिसाबले सरकारले रोजगार र सामाजिक सुरक्षा कार्यक्रम अगाडि बढाएकाले जीवनस्तरमा परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्री ज्ञवालीले सरकारले सबै प्रदेशका जिल्लामा भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षालगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

मन्त्री ज्ञवालीले धेरै वर्षसम्म अरु मुलुकले विप्रेषणमा धानिने मुलुकका रुपमा मात्रै नेपाल चित्रित भए पनि १६ महीनाको अवधिमा नेपाल आफ्नो नाम र कामले चिनिन थालेको चर्चा गरे । उनले भने, “हामी सरकारमा आउँदा नाकाबन्दीका कारण एउटा छिमेकी मुलुकसँग राम्रो सम्बन्ध थिएन । अर्को मुलुक चीनसँग औपचारिक सम्बन्ध मात्रै कायम थियो तर अहिले सम्बन्ध सुमधुर बनेको छ ।”

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  ८ : ५४ बजे

बादलले मर्ज गरे शंकरको प्रतिवेदन, नेतृत्व परिवर्तनको विषय हटाएर पार्टीमा लगिँदै

काठमाडौं- नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली नेतृत्व परिवर्तनको विषयलाई

स्वास्थ्यका लागि सुरक्षित मातृत्व अधिकारसम्बन्धी प्रस्तावमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले भविष्यका नागरिकको स्वास्थ्यका लागि सुरक्षित मातृत्वसम्बन्धी सार्वजनिक

नेपाली कांग्रेस वैतेश्वरको ८ वटै वडाको अधिवेशन सम्पन्न सर्वसम्मत नयाँ नेतृत्व चयन 

काठमाडौं– नेपाली कांग्रेस वैतेश्वर गाउँपालिकाले सर्वसम्मत ८ वटै वडाको नयाँ

‘राइट टु रिकल’ कार्यान्वयनका लागि रास्वपा कार्यदलले थाल्यो काम

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि

पाकिस्तानमा सुरक्षा कारबाही : पाँच लडाकु मारिए, २३ नागरिकको उद्धार

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीमा