विषादी परीक्षण रोकेर सरकारले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्यो- कांग्रेस « Khabarhub

विषादी परीक्षण रोकेर सरकारले नागरिकको स्वास्थ्यमा गम्भीर खेलबाड गर्यो- कांग्रेस


२१ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — प्रमुख प्रतिपक्षी कांग्रेसले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकेर सरकारले नेपाली जनताको स्वास्थ्यप्रति गम्भीर खेलबाड गरेको आरोप लगाएको छ । 

विषादी परीक्षण रोक्ने निर्णयबाट सरकार नागरिकको स्वास्थ्य र समग्र जीवनप्रति गम्भीर खेलबाड गर्न किञ्चित हिच्किाउँदैन भन्ने देखिएको कांग्रेसको आरोप छ ।

‘विषादी परीक्षणमा के विसर्जित भएको त होइन सरकारको राष्ट्रवादी चरित्र ?’ कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आफ्नो घोषित नीतिविपरीत सरकार नेपाल–भारत सीमाको भन्सार बिन्दुमा तरकारी फलफूललगायतमा विषादी परीक्षण गर्ने निर्णयबाट पछि हटेकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै यस विषयमा आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न कांग्रेसले सरकारसित माग गरेको छ ।

काठमाडौंको प्रदूषणको प्राविधिक मापनको ज्ञानबिनै एकातर्फ मास्क नलगाई हिँड्न अपिल गर्ने अनि अर्कोतर्फ विषादीयुक्त तरकारी परीक्षणबिनै अन्धाधुन्ध प्रवेश गर्न दिने दोहोरो चरित्र सरकारले प्रस्तुत गर्नु अत्यन्त दुःखद भएको कांग्रेसको भनाइ छ । 

तत्कालीन एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनका बेला दिएको राष्ट्रवादी नारा अहिले आएर विसर्जन भएको कांग्रेसको टिप्पणी छ ।

 ‘निर्वाचनका बेला अभिव्यक्त महान् राष्ट्रवादी नारा किन हद दर्जाको नालायकीपनका साथ विसर्जित हुँदै छ ?’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २१ असार २०७६, शनिबार  १० : १८ बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत