मापदण्ड विपरितका घरटहरा भत्काइँदै « Khabarhub

मापदण्ड विपरितका घरटहरा भत्काइँदै


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मध्यपहाडी लोकमार्गमा पर्ने सडकखण्डको दायाँ र बायाँ मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन शुरु गरेको छ । मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन पटक–पटक पत्रचार गर्दासमेत स्थानीयवासीले अटेर गरेपछि सोमबारबाट नगरपालिकाको स्काभेटर प्रयोग गरेर हटाउन शुरु गरिएको हो ।

पहिलो दिन चार वटा हटाइएको र अन्य चारलाई २४ घण्टाभित्रमा हटाउन कागजी सहमति गराइएको छ । पहिलो दिन दिक्तेलको अल्छेढुङ्गाका प्यारीमाया सर्किनी, बाम्राङका दुर्गाबहादुर कार्की र डिल्लीबहादुर कार्की अर्को एक टहरा हटाइएको हो ।

नगरपालिकाभित्र रहेका राष्ट्रिय योजनाका सडकलाई व्यवस्थित र नगरपालिकालाई सुन्दर बनाउन मापदण्ड मिचेर बनाइएका घरटहरा हटाउन थालिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए । ‘पहिलो चरणमा टहरा मात्र हटाउन थालिएको छ’, उनले भने, ‘दोस्रो चरणमा घर भत्काउने तयारी गरिएको छ ।’

नगरप्रमुख रिजालका अनुसार दोस्रो चरणअन्तर्गत दिक्तेलबजारका चार घरहरु भत्काउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । सडकको दायाँ ३१ र बायाँ ३१ मिटर छाडेर मात्र भौतिक संरचना बनाउन तथा घरटहरा बनाउन भनिए पनि स्थानीयवासीले जबर्जस्ती मापदण्ड मिचेर बनाएका थिए ।

नगर क्षेत्रभित्र मापदण्ड मिचेर घरटहरा बनाएमा अथवा नक्सापास नगरी बनाएमा नगरपालिकाले जुनुसुकै बेला भत्काउन सक्ने र भत्काउँदा लाग्ने खर्च संरचना बनाउनेबाटै असुलउपर गरिने जनाइएको छ । अटेर गर्नेलाई ५ लाखसम्म जरिवाना गराउन मिल्ने कानूनी प्रावधान रहेको नगरप्रमुख रिजालले बताए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ४१ बजे

भारतमा आगलागी, ७ जनाको मृत्यु

एजेन्सी– भारतको मध्य प्रदेशको एउटा घरमा बुधबार आगलागी हुँदा कम्तिमा

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक

शव बोकेर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२

विद्युतीय कार चार्जका क्रममा सल्किएको आगोले कम्तीमा ८ जनाको मृत्यु

नयाँदिल्ली- भारतको मध्येप्रदेशस्थित इन्दौर सहरमा विद्युतीय कार चार्ज गर्ने क्रममा