सरकारसँगको वार्ताबारे विप्लव नेकपाको धारणा सार्वजनिक (विज्ञप्तिसहित) | Khabarhub Khabarhub

सरकारसँगको वार्ताबारे विप्लव नेकपाको धारणा सार्वजनिक (विज्ञप्तिसहित)


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले वार्ताको हल्ला फैलाएको विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

सरकाले भनेको वार्ता हल्ला मात्र भएको र यो नियोजित षड्यन्त्र भएको विप्लव नेकपाले विज्ञप्तिमार्फत आरोप लगाएको छ ।  विप्लव नेकपाले यसबाट प्रभावित नहुन र त्यसको गोटी नबन्न सञ्चार माध्यमहरूसँग अनुरोधसमेत गरेको छ ।

नेकपाका प्रवक्ता समेत रहेका नेता प्रकाण्डले विज्ञप्ति जारी गर्दै सरकारले वार्ताको हल्ला मच्चाएको तर त्यसको गम्भीरतालाई महसूस नगरेको तर्क समेत गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारको वार्ताको हौवा आफ्नो असफलता, पार्टीभित्र र सरकारमा उत्पन्न सङ्कटको अभिव्यक्ति हो । त्यो जनक्रान्तिमाथि भीषण दमन र षड्यन्त्रको तयारीको सङ्केत पनि हो । वार्ताको विषयलाई गम्भीरतापूर्वक नलिनु, औपचारिक पहल पनि नगर्नु र हाम्रो पार्टीलाई वार्ता विरोधी भनेर प्रचार गर्नुले त्यसलाई पुष्टि गर्दछ ।’

गत साउन १५ गते देशभर एनसेलमाथि आफ्नो पार्टीले कारबाही गरेको जानकारी दिँदै एनसेलले देशको न्यूनतम् कर्तव्य पूरा नगर्ने, कर छली गर्ने, सेवाग्राहीलाई चर्को शोषण गरिरहेकाले कारबाही गर्नुपरेको विज्ञप्तिमार्फत जनाइएको छ ।

पछिल्लो समयमा पार्टीले गरेको कारबाही र वार्ताको विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्दै विप्लव नेकपाले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गरेको हो ।

यस्तो छ विज्ञप्तिको पूर्ण पाठ

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ०२ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका