आरक्षण बचाऔं भन्दै लोकसेवाविरुद्ध आन्दोलन « Khabarhub

आरक्षण बचाऔं भन्दै लोकसेवाविरुद्ध आन्दोलन


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ । सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।

यसैबीच सरकारले लोकसेवा कार्यालय परिसरको सुरक्षा व्यवस्ठा कडा पारेको छ। प्रदर्शनकारीले कार्यालय परिसरमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीको निगरानी बढाएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

महाधिवेशन स्थगित गरेर देउवासहित अग्रजसँग संवाद गर्न गगनलाई पूर्णबहादुरको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई