आरक्षण बचाऔं भन्दै लोकसेवाविरुद्ध आन्दोलन « Khabarhub

आरक्षण बचाऔं भन्दै लोकसेवाविरुद्ध आन्दोलन


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लोक सेवा आयोगले स्थानीय तहका लागि आवश्यक कर्मचारीको विज्ञापन प्रकाशित गर्दा सङ्घीयताको मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरीत खुलाएको भन्दै आदिवासी जनजाति, मधेसी, पिछडिएका समुदायले विरोध जारी राखेको छ ।

आरक्षण बचाऔँ आन्दोलनका लागि सोमबार सामाखुसी रानीबारीमा नेपाल तामाङ घेदुङको नेतृत्वमा आन्दोलन परिचालन समिति बनेको छ । सामाखुसी तामाङ परिवार कोषको सदस्यहरूसँग आयोजित छलफलपछि समितिको संयोजक रामकृष्ण ब्लोन, सचिवालय सदस्य रामभक्त बोम्जन तोकिएको घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए।

आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति र पिछडिएको क्षेत्र तथा पहिचानमा आधारित सङ्घ संस्थाहरूले ‘आरक्षण बचाऔँ आन्दोलन’का लागि ऐक्यबद्ध भई विरोध गरिरहेका छन् ।

यसैबीच सरकारले लोकसेवा कार्यालय परिसरको सुरक्षा व्यवस्ठा कडा पारेको छ। प्रदर्शनकारीले कार्यालय परिसरमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीको निगरानी बढाएको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ९ : ३५ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार