विप्लव समूहका ३ नेता काठमाडौंबाट पक्राउ | Khabarhub Khabarhub

विप्लव समूहका ३ नेता काठमाडौंबाट पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ३ जना नेता काठमाडौंबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको गौशाला क्षेत्रबाट ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डम्बरबहादुर विक, मकरध्जव गुरुङ र उमा गुरुङ छन् । पक्राउ परेका डम्बरध्जव विक विप्लव नेकपाका केन्द्रीय सदस्य हुन् । यद्यपि केही दिन अगाडि मात्रै उनलाई केन्द्रीय सदस्यबाट हटाइएको विप्लव नेकपा निकट स्रोतले जनाएको छ ।

यस्तै मकरध्वज गुरुङ वैकल्पिक केन्द्रीय सदस्य हुन् भने उमा गुरुङ पनि ‘केन्द्रीय विभाग’मा कार्यरत नेता हुन् ।

सरकारले गत फागुनमा विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि प्रहरीले अहिले उक्त ‘समूह’विरुद्ध सर्च एण्ड अरेस्ट अभियान चलाएको छ ।

प्रहरीको सर्च एण्ड अरेस्ट अभियानअन्तर्गत अहिलेसम्म ६ सयको हाराहारीमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : १० बजे

सबैको पहुँचमा खानेपानी पुर्‍याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको

रोनाल्डो अझै दुई वर्ष अल नासरमै रहने, नयाँ सम्झौतामा हस्ताक्षर

काठमाडौं- साउदी प्रो लिग क्लब अल-नासरले ४० वर्षीय सुपरस्टार क्रिस्टियानो

सुमनाले भनिन्- शिक्षा र स्वास्थ्यमा नाफा गर्न पाइँदैन, १५ वर्षपछि निजी विद्यालय गैरनाफामूलक बनाऊँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले शिक्षा र

ऊर्जा सुरक्षा आधुनिक जीवनको आधारभूत आवश्यकता : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा सुरक्षा आधुनिक