फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीका लागि प्रारम्भिक चरणमा ३१ खेलाडी छानिए « Khabarhub

फिफा विश्वकप छनोट खेल्ने नेपाली टोलीका लागि प्रारम्भिक चरणमा ३१ खेलाडी छानिए


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को तयारीमा रहेको पुरुष फुटबल टोलीका लागि ३१ जना खेलाडी प्रारम्भिक छनोटमा परेका छन् ।

नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले म‌ंगलबार प्रारम्भिक चरणमा ३१ सदस्सीय नेपाली टोलीको घोषणा गरेका छन् ।  कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडी मध्येबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।

पहिलो चरणमा प्रशिक्षक कालिनले ५ खेलाडीलाई टिम बाहिर राखेका छन् ।  मनाङ–मर्स्याङ्दी क्लबका डिफेन्डर कमल श्रेष्ठसहित युवा खेलाडी नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ टिमबाट बाहिरिएका छन् ।

जसमध्ये कमल श्रेष्ठ बाहेकका ४ जना खेलाडीले अब यु–२३ टोलीको अभ्यासमा सहभागीता जनाउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् ।

प्रारम्भिक चरणमा छनोट भएका ३१ खेलाडी :

कप्तान विराज महर्जन, किरण चेमजोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अन्जन बिष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलेन न्यौपाने, अजित भण्डारी, अभिषेक रिजाल , रभि सिलवाल, सरोज दहाल, तेज तामाङ, सुमन अर्यान, देवेन्द्र तामाङ, रभि पासवाङ, अनन्त तामाङ, सुनिल बल, सुभाष गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्ती मगर र रोहित चन्द

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  २ : १९ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र