वीरगन्जमा गोली चल्यो, गोली चलाउने बावु छोरा पक्राउ « Khabarhub

वीरगन्जमा गोली चल्यो, गोली चलाउने बावु छोरा पक्राउ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्साको वीरगन्जमा गोली चलेको छ । घर नजिकको बाटोसम्बन्धी छिमेकीबीचको विवाद चलिरहेका बेला गोली चलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

गोली चलाउने व्यक्तिसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२० श्रीपुरका २० वर्षीय कुन्दन साह र उनको बुवा मोहन साह छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरका अनुसार वृजेशकुमार पटेल र मोहन साहबीच बाटो र पर्खाल बनाउने विषयमा विवाद हुँदा गोली चलेको हो ।

एसपी राठोरका अनुसार छिमेकीलाई डराउनका लागि २० वर्षीय कुन्दन साहले गोली चलाएका हुन् । उनले आफ्नो बुवाको अनुमति (लाइसेन्स) प्राप्त हतियार (बाह्रबोर बन्दुक)बाट गोली चलाएका एसपी राठोरले जानकारी दिए ।

‘बाटो सम्बन्धी विवादमा छिमेकीलाई डराउनका लागि कुन्दनले आफ्ना बुवाको बुन्दुक निकालेर हावामा फायर गरेको भन्ने जानकारी आएको छ,’ एसपी राठेरले खबरहबसँग भने, ‘अहिले गोली चलाउने कुन्दन र उनका बुवा मोहन साहलाई नियन्त्रणमा लिएका छौं । दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : १० बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको