उच्च अदालत पाटनमा नयाँ नियम– पेशी तोकिएपछि न्यायाधीशले मोबाइल अफ गर्नुपर्ने ! « Khabarhub

उच्च अदालत पाटनमा नयाँ नियम– पेशी तोकिएपछि न्यायाधीशले मोबाइल अफ गर्नुपर्ने !


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उच्च अदालत पाटनमा नयाँ नियम लागू भएको छ । नयाँ नियमानुसार अब पेशी तोकिएपछि अदालतका न्यायाधीश तथा कर्मचारीले आफ्नो मोबाइलको स्वीच अफ गर्नुपर्ने छ ।

उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीले मुद्दाको पेशी सूची प्राप्त भएपछि मोबाइलको स्वीच बन्द गर्न निर्देशन दिएका हुन् ।

देशभरकै अदालतमा पेशी तोकिएपछि न्यायाधीश तथा कर्मचारीको मोबाइलका घण्टी बज्ने गरेको र त्यसले अदालती कामकारबाही प्रभावित हुने गरेको गुनासो बढिरहेका बेला उच्च अदालत पाटनमा भने मोबाइलको स्वीच नै अफ गर्नुपर्ने नियम लागू भएको हो ।

मुद्दाको पेशी सूची सार्वजनिक भएपछि कर्मचारी तथा न्यायाधीशहरुको मोबाइल बज्ने क्रम बढ्दै चर्चा बढेपछि मुख्य न्यायाधीश सुवेदीले यस्तो निर्देशन जारी गरेका हुन् ।

सुवेदीले पेशी तोकिएपछि आवश्यक वाहेक अन्य कर्मचारीलाई न्यायाधीशको चेम्बरमा नजान समेत निर्देशन दिएका छन् ।

मुख्य न्यायाधीश सुवेदीले इजलास बस्न नसक्ने अवस्था भएपनि सबै न्यायाधीशलाई अनिवार्य रुपमा अदालती समयमा अदालतमै उपस्थित हुन दिर्नेशन जारी गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ३३ बजे

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ – दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

बोर्डको हिट लिस्ट : पलको सोलो सफलता, अनमोलको इन्ट्री, ९ वर्षपछि भेटियो ‘लुट २’

काठमाडौं – ७ करोडभन्दा बढी ग्रस कलेक्सन गर्ने ब्लकबस्टरको संज्ञा

श्रममन्त्रीसँग नेपालका लागि युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि

बालबालिकालाई रुखमा बाँधेर कुटपिट गर्ने चार जना पक्राउ

बारा – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा बालबालिकालाई डोरीले बाँधेर