विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु « Khabarhub

विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न जिल्लामा पानीमा डुबेर चारजनाको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–४, नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर स्थानीय गुणबहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो । मंगलबार बिहान नुहान खोलामा गएकी उनको गहिरो पानीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, लमजुङको बेसिशहर नगरपालिका–३, भरेडाँडास्थित पानीको पोखरीमा स्थानीय १६ वर्षीय रुकेश विक मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो मृत अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै, झापा, बुद्धशान्ति गाउँपालिका–६ शान्तिनगरमा माछा पोखरीमा डुबेर मंगलबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । स्थानीय खड्कबहादुर लिम्बुकी १४ महिनाकी छोरी साखिम लिम्बु खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेकी हुन् । पोखरीमा डुबेर अचेत भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–३, रागोटारामा मसोट खोलाले बगाएर बेपत्ता ५९ वर्षीया गमला विकलाई मृत अवस्थामा फेला पारिएको छ । खोला तर्ने क्रममा पानीमा खसेर बेपत्ता भएकी उनको शव मंगलबार बिहान फेला परेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ३८ बजे

लागूऔषधसहित सात जना पक्राउ

झापा– लागूऔषध खैरो हेरोइनसहित झापाबाट सात जना पक्राउ परेका छन्

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल

कञ्चनपुरमा छोराबाट आमाको हत्या

कञ्चनपुर– दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया

इरानमा युद्ध : किन बढेन सुनको भाउ ?

एजेन्सी – इरानमा युद्ध सुरु भएको १८ दिन पुगिसक्दा पनि

पर्यापर्यटनको केन्द्रका रूपमा विकास हुँदै ‘म्हाजु भञ्ज्याङ’

स्याङ्जा– आँधीखोला गाउँपालिका–१ मा अवस्थित ‘म्हाजु भञ्ज्याङ ’ पर्यटकको रोजाइमा