विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु « Khabarhub

विभिन्न जिल्लामा पानीमा डुबेर ४ जनाको मृत्यु


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुलुकका विभिन्न जिल्लामा पानीमा डुबेर चारजनाको मृत्यु भएको छ ।

सर्लाहीको बागमती नगरपालिका–४, नयाँ बस्तीस्थित गोडारी खोलामा नुहाउने क्रममा डुबेर स्थानीय गुणबहादुर चितौरे मगरकी ७ वर्षीया छोरी अस्मिताको मृत्यु भएको हो । मंगलबार बिहान नुहान खोलामा गएकी उनको गहिरो पानीमा डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता, लमजुङको बेसिशहर नगरपालिका–३, भरेडाँडास्थित पानीको पोखरीमा स्थानीय १६ वर्षीय रुकेश विक मृत अवस्थामा फेला परेका छन् । मंगलबार दिउँसो मृत अवस्थामा उनको शव फेला परेको हो ।

यस्तै, झापा, बुद्धशान्ति गाउँपालिका–६ शान्तिनगरमा माछा पोखरीमा डुबेर मंगलबार दिउँसो एक बालिकाको मृत्यु भएको छ । स्थानीय खड्कबहादुर लिम्बुकी १४ महिनाकी छोरी साखिम लिम्बु खेल्ने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेकी हुन् । पोखरीमा डुबेर अचेत भएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी जनाएको छ ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–३, रागोटारामा मसोट खोलाले बगाएर बेपत्ता ५९ वर्षीया गमला विकलाई मृत अवस्थामा फेला पारिएको छ । खोला तर्ने क्रममा पानीमा खसेर बेपत्ता भएकी उनको शव मंगलबार बिहान फेला परेको हो ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ६ : ३८ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार