खानेपानी मन्त्रालयका सचिव शर्माको बिदाइ « Khabarhub

खानेपानी मन्त्रालयका सचिव शर्माको बिदाइ


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई मंगलबार औपचारिक रुपमा बिदाइ गरिएको छ । म‌ंगलबारैदेखि अवकाश पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाइ गरेको हो ।

खानेपानीमन्त्री बीना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई औपचारिक बिदाइ गरिन् । सो अवसरमा मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि महत्वपूर्ण हुने बताइन् ।

‘समाज र राष्ट्रका लागि आगामी दिनमा शर्माले महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु’, उनले भनिन्, ‘प्रशासनिक क्षेत्रमा राष्ट्रले ठूलो लगानी गरेको छ । उहाँजस्तो व्यक्तित्वका लागि राष्ट्रले लगानी गरेको हुँदा उहाँ आगामी दिनमा थप ऊर्जाका साथ राष्ट्र निर्माणमा लाग्नु हुनेछ भन्ने विश्वास लिएकी छु ।’

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले सचिव शर्मा कुशल प्रशासक, क्षमतावान् र काममा लगनशील व्यक्ति भएको टिप्पणी गरे ।

सचिव शर्माले आफू आगामी दिनमा राष्ट्रको सेवा गर्न सधैँ तयार रहेको बताए । उनले अवकाशपछि पनि मन्त्रालयको कुनै पनि काममा स्वयंसेवक भएर सहयोग गर्न तत्पर रहेको प्रतिबद्धता जनाए । सचिव शर्मा निजामती सेवामा २०५२ वैशाख २६ गते प्रवेश गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ३२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल