दोर्दी करिडोरमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अध्ययन गर्न समिति गठन « Khabarhub

दोर्दी करिडोरमा बाढी र पहिरोले पुर्‍याएको क्षतिको अध्ययन गर्न समिति गठन


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दोर्दी करिडोरमा केही दिन पहिले गएको बाढी र पहिरोको क्षतिको समग्र अवस्थाको अध्ययनका लागि एक समिति बनाएको छ ।

यही साउन ८ गते लमजुङको दोर्दी करिडोरमा अत्यधिक वर्षा भएपछि एक्कासि आएको बाढीले निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ र सुपर दोर्दी जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो । यस्तै बाढीमा परेर पाँच जनाको निधन भएको र केही बेपत्ता भएका थिए ।

लमजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक देवप्रसाद गुरुङ, सो करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग मन्त्री वर्षमान पुनले मंगलबार छलफल गरेका हुन् ।

सोही छलफलका आधारमा मन्त्रालयका सहसचिव रामगोपाल खर्वुजाले समन्वय गर्ने गरी, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरण, सिँचाइ विभाग, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (आइपान) र स्वतन्त्र विज्ञसहितको समिति गठन गरिएको छ । सो समितिले आवश्यक अध्ययन गरी कार्यान्वयनका लागि आवश्यक सिफारिश गर्नेछ ।

छलफलमा मन्त्रालयका सचिव डा सञ्जय शर्मा र दिनेशकुमार घिमिरेसहित उच्च अधिकारी सहभागी थिए । नेकपाका मुख्य सचेतक गुरुङले बाँध फुटेर जलविद्युत् परियोजनामा मानवीय र भौतिक क्षति भएको भन्दै राहतको व्यवस्था गर्न माग गरे ।

छलफलमा मन्त्री पुनले जनताको सुरक्षा र भविष्यमा बन्ने आयोजनाको लागि पनि घटनाको अध्ययन जरुरी रहेको धारणा राखे । उनले लमजुङमा दुःखद् घटना भएको भन्दै विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र अन्य निकायसँग समन्वय गरी मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कूल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ २५ मेगावाट क्षमताको आयोजना हो । आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको थियो । निर्माणको अन्तिम चरणमा पुगेको आयोजनामा बाढीका कारण निर्माण उपकरण बगाएको छ ।

क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको आयोजनाले जनाएको छ । यस्तै सोही करिडोरमा निर्माणाधीन ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’मा पनि बाढीले क्षति पुर्‍याएको छ । करिडोरमा कूल पाँच आयोजना रहेका छन् । त्यसमा चार आयोजना निर्माणका क्रममा छन् । ती आयोजनाको कूल क्षमता ११८ मेगावाट रहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ८ : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै