एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो « Khabarhub

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

शुक्रबार बिहान ६ बजेतिर वीरगन्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । स्थानीय त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि २ जना युवकले एसिड आक्रमण गरेका थिए ।

एसिड आक्रमणमा संलग्नमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ छपकैया घर भएका सम्साद आलम छन् । एसिड आक्रमणका मुख्य अभियुक्त १६ वर्षीय माजिद आलम भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

एसिड आक्रमण गरेको आरोपमा पक्राउ परेका युवा

एसिड आक्रमणबाट खातुनको अनुहार, छाती र दाहिने हात पोलिएको जनाइएको छ । गम्भीर घाइते भएकी खातुनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए ।

मेयर सरावगीसहित पहलमा खातुनलाई उपचारका लागि काठमाडौं पठाइएको हो । मेयर सरावगीले खातुनको उपचारका लागि तत्कालका लागि आफूले खर्च व्यहोर्ने र आवश्यक पर्ने थप खर्चको व्यवस्था गर्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ०५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर