एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो « Khabarhub

एसिड आक्रमणमा परेकी युवतीको उपचारका लागि काठमाडौं पठाइयो


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– एसिड आक्रमणबाट घाइते भएकी किशोरीलाई उपचारका लागि काठमाडौं पठाइएको छ । शुक्रबार बिहान ६ बजे वीरगन्जको गणेशमान चोकमा एसिड आक्रमण भएकी किशोरीलाई थप उपचारका लागि काठमाडौंको किर्तीपुर अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।

शुक्रबार बिहान ६ बजेतिर वीरगन्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण भएको थियो । स्थानीय त्रिभुवन माविमा कक्षा ९ मा अध्ययनरत खातुनमाथि २ जना युवकले एसिड आक्रमण गरेका थिए ।

एसिड आक्रमणमा संलग्नमध्ये १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–२ छपकैया घर भएका सम्साद आलम छन् । एसिड आक्रमणका मुख्य अभियुक्त १६ वर्षीय माजिद आलम भने फरार छन् । प्रहरीले उनको खोजी भइरहेको जनाएको छ ।

एसिड आक्रमण गरेको आरोपमा पक्राउ परेका युवा

एसिड आक्रमणबाट खातुनको अनुहार, छाती र दाहिने हात पोलिएको जनाइएको छ । गम्भीर घाइते भएकी खातुनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जानकारी दिए ।

मेयर सरावगीसहित पहलमा खातुनलाई उपचारका लागि काठमाडौं पठाइएको हो । मेयर सरावगीले खातुनको उपचारका लागि तत्कालका लागि आफूले खर्च व्यहोर्ने र आवश्यक पर्ने थप खर्चको व्यवस्था गर्ने प्रयास भइरहेको पनि बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ०५ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । आजको

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी– बर्दिबास नगरपालिका-६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य

एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा !

काठमाडौं – व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ

मोरङ– सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव

रिहाइ प्रक्रियाका लागि रुपन्देही जाँदै रवि (तस्बिरहरू)

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइ प्रक्रियाका लागि