मन्त्री भट्टराईद्वारा विमानस्थलमा निर्माण भएको कन्भेअर बेल्टको शुभारम्भ « Khabarhub

मन्त्री भट्टराईद्वारा विमानस्थलमा निर्माण भएको कन्भेअर बेल्टको शुभारम्भ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा जडान गरिएको कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् ।

शुक्रबार एक कार्यक्रमकाबीच मन्त्री भट्टराईले कन्भेअर बेल्टको शुभारम्भ गरेका छन् ।

अब बेल्ट सञ्चालन भएसँगै आन्तरिक उडानबाट आएका यात्रुले अब आफ्ना सामान सहज रुपमा लिन सक्छन् ।

आन्तरिक उडानबाट आएका यात्रुले यसअघि आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले यसले यात्रुलाई सहजता प्रदान गर्ने बताए ।

‘आफ्ना सामान लिनका लागि लडाई गर्नुपर्ने अवस्था रहेको र सामान नै तलमाथि हुने स्थिति रहेको थियो अब यसबाट छुटकारा पाइने भयो’ महाप्रबन्धक क्षेत्रीले भने ।

आफ्ना सामानहरु सहजताका साथ पाउनुपर्ने यात्रुहरुको अधिकार रहेको उनले बताए ।

साढे दुई करोड रुपैयाँको लगानीमा बनाइएको बेल्ट जडानको काम सकिएको छ ।

अहिले एउटा मात्र बेल्ट बनाइएको र त्यसले अपुग भएमा केही समयपछि थप गरिने महाप्रवन्धक क्षेत्रीले बताए ।

काठमाडौंमा रहेको एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमार्फत प्रत्येक दिन २० हजारसम्म यात्रु आवतजावत गर्छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ४३ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको