स्वदेश फर्किए प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

स्वदेश फर्किए प्रधानमन्त्री ओली


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओली थाइर एयरवेजको विमानमार्फत शुक्रबार मध्याह्न सिंगापुरबाट थाइल्याण्ड हुँदै काठमाडौं आइपुगेका हुन् । प्रधानमन्त्री ओली उपचारका लागि भदौ ५ गते सिंगापुर गएका थिए ।

‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलाको उपचारपछि प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री ओलीको बिहीबार मात्रै सातौं प्लाज्मा फेरिसिर गरिएको थियो ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका प्रधानमन्त्री ओलीलाई अस्पतालले बिहीबार नै डिस्चार्ज गरेको थियो ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न सिंगापुर पुगेका नेकपा सचिवालय सदस्य बामदेव गौतम र महासचिव विष्णु पौडेलपनि प्रधानमन्त्रीसँगै स्वदेश फर्किएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ४४ बजे

प्रमुख सल्लाहकार युनुसद्वारा बङ्गलादेशी सेनालाई चुनावअघि सुरक्षा सुनिश्चित गर्न निर्देशन

ढाका- बङ्गलादेशका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले आगामी १३औँ राष्ट्रिय

पदाधिकारीलाई संघर्षरत नर्सहरुको प्रश्न- सहमतिको अधिकार कसले दियो ?

काठमाडौं- निजी मेडिकल कलेज तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्स तथा

मर्मतपछि खुल्यो कागबेनी–छुसाङ सडक, चैले सडक मर्मत हुँदै

मुस्ताङ– बिहीबार राति परेको अविरल वर्षाका कारण अवरुद्ध कोरला नाका

बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट

धरान– यही कात्तिक १३ र १४ गते परेको बेमौसमी वर्षाले

प्रदेशसभा सदस्यलाई प्रश्न- जेन–जी आन्दोलनपछि प्रदेश सरकार किन ओइलायो ?

गण्डकी प्रदेशभर ८० वटा सरकारी र ६३ वटा निजी गरी