चिया पकाउन लाग्दा ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट | Khabarhub Khabarhub

चिया पकाउन लाग्दा ग्यास सिलिण्डर विस्फोट, चार घर नष्ट


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– ग्यास सिलिण्डर पड्किँदा धादिङ चार घर जलेर नष्ट भएका छन् ।

विस्थापित बस्ती रहेको नीलकण्ठ नगरपालिका– १२ भदुवारमा शुक्रबार बिहान ग्यास सिलिण्डर पड्किँदा चार घर जलेर नष्ट भएको हो ।

लापाबाट विस्थापित भएका र भदुवारमा सहयोगीले निर्माण गरिदिएको एक घरमा चिया पकाउन लाग्दा चुहावट भएको ग्यास सल्केर आगलागी भएको र ग्यास सिलिण्डर विस्फोट भएको हो ।

ग्यास सिलिण्डर विस्फोटबाट च्याङ्बा तामाङ र दमाइ तामाङको घर जलेर पूर्णरुपमा नष्ट भएको उद्धारमा संलग्न राजकुमार भण्डारीले बताए । यससँगै रहेका अन्य दुई घरमा पनि आंशिक क्षति पुगेको छ ।

वृद्धवृद्धा मात्र बस्ने घरमा ग्यास चुहावट भई आगलागी भएको र सोही ग्यास सिलिण्डर विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १२ : ५५ बजे

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता