कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्छ– देउवा | Khabarhub Khabarhub

कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्छ– देउवा


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायवादतर्फ अन्मुख भएको उल्लेख गर्दै त्यसका विरुद्धमा लडाइँ लड्नुपर्ने बेलाएका आएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले कम्युनिस्ट अधिनायकवादविरुद्ध जस्तोसुकै लडाइँ लड्न पनि तयार हुनुपर्ने समेत बताए ।

सरकारले प्रहरी, सेनादेखि कर्मचारी प्रशासनलाई आफ्नो पार्टी (नेकपा)प्रति प्रतिवद्ध बनाउन खोजेको पनि देउवाले आरोप लगाए ।

सभापति देउवाले पार्टीभित्रका अन्तरघातीलाई कारबाही गर्न खोज्दा रोक्नेलाई बाहिर ल्याउने पनि चेतावनी दिएका छन् ।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले पार्टी भित्रैका व्यक्तिले चुनावमा एक–अर्कालाई हराएको भन्दै त्यस्ता अन्तरघातीलाई कारबाही गरेरै छाड्ने पनि चेतावनी दिए ।

सभापति देउवाले अन्तरघातीलाई कारबाही गर्न खोज्दा रोक्ने व्यक्तिको अनुहार पनि सार्वजनिक गर्ने बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ५५ बजे

२२ प्रतिशतले बढ्यो वैदेशिक व्यापार, ८८ प्रतिशतले बढ्यो निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को दुई महिनामा अघिल्लो आवको सोही

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता