कुवेतमा रहेको नेपाली फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने « Khabarhub

कुवेतमा रहेको नेपाली फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एसिया कप २०२३ छनोटको पहिलो खेलमा पराजित भएको नेपाली राष्ट्रिय फुटबल टोली शनिबार नेपाल हुँदै ताइवान जाने भएको छ ।

विश्वकप छनोटको एसिया समूह ‘बी’मा रहेको नेपाल बिहीबार राति कुवेतसँग ७–० को फराकिलो गोल अन्तरले पराजित भएको थियो ।

पहिलो खेलमा पराजय व्यहोरेको नेपाली टोली शनिबार बिहान नेपाललाई ट्रान्जीट बनाएर आउनेछ भने बेलुका ताइवानका लागि उड्ने छ ।

नेपालले भदौ २४ गते छनोटको दोस्रो ‘अवे’ खेलअन्तर्गत चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।

छनोटमा कमजोर शुरुवात गरेको नेपाल दोस्रो खेलमा पुनरागमनको लक्ष्यमा रहने छ । कुवेतविरुद्धको खेलमा हार व्येहोरेको नेपालका मुख्य प्रशिक्षक योहान कालिनले पराजयको कारण खोज्ने बताइसकेका छन् ।

नेपाली टोलीले गएको जुन महिनामा ताइपेइसँग एक खेलको मैत्रिपूर्ण खेल खेलेको थियो । उक्त खेल नेपालले १–१ बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १ : ५८ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख