ठूलो परिमाणमा नेपाली रुपैयाँसहित धनगढीमा भारतीय नागरिक पक्राउ « Khabarhub

ठूलो परिमाणमा नेपाली रुपैयाँसहित धनगढीमा भारतीय नागरिक पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– २९ लाख ८० हजार रुपैयाँसहित कैलालीको धनगढीबाट १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेट युपी–३१–एके ७३४८ नम्बरको गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कैलालीको टोलीले ठूलो परिमाणमा नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक अतुल बर्मा छन् । उनले कैलालीको धनगढीस्थित हुलाक कार्यालयको अगाडि गहना पसल समेत सञ्चालन गर्ने गरेको खुलेको छ ।

उनको साथबाट ३ लाख भारतीय रुपैयाँ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले जानकारी दिए ।

बर्माको साथबाट विभिन्न नेपाली बैंकका ६ वटा एटिएम कार्ड र केही थान खाली चेक पनि फेला परेको एसपी गिरीले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४० बजे

‘पत्रकारमा फिल्ड रिपोर्टिङको जाँगर र सिर्जनशीलता भएसम्म एआईसँग डराउनु पर्दैन’ 

कुइयाङ– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासले पत्रकारको जागिर खोस्ने

घाँसको बीउ उत्पादन

राँझा– बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार

लाङ्टाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो

रसुवा– लाङ्टाङ राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पर्यटक आगमन घटेसँगै

अनधिकृत घुम्ति व्यापार गर्न नपाइने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनुमति विना अनाधिकृत रूपमा घुम्ति व्यापार

तोलामा ९ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका