ठूलो परिमाणमा नेपाली रुपैयाँसहित धनगढीमा भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

ठूलो परिमाणमा नेपाली रुपैयाँसहित धनगढीमा भारतीय नागरिक पक्राउ


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– २९ लाख ८० हजार रुपैयाँसहित कैलालीको धनगढीबाट १ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतीय नम्बर प्लेट युपी–३१–एके ७३४८ नम्बरको गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कैलालीको टोलीले ठूलो परिमाणमा नेपाली रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिक अतुल बर्मा छन् । उनले कैलालीको धनगढीस्थित हुलाक कार्यालयको अगाडि गहना पसल समेत सञ्चालन गर्ने गरेको खुलेको छ ।

उनको साथबाट ३ लाख भारतीय रुपैयाँ समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप गिरीले जानकारी दिए ।

बर्माको साथबाट विभिन्न नेपाली बैंकका ६ वटा एटिएम कार्ड र केही थान खाली चेक पनि फेला परेको एसपी गिरीले बताए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४० बजे

थारु समुदायको सखिया नृत्य देखाउने समय छोट्टिदै, मौलिकता हराउने चिन्ता

कञ्चनपुर – दसैँका अवसरमा विशेषगरी थारु समुदायमा देखाइने सखिया नृत्य

लेकका च्याङ्ग्रा सहरमा

गण्डकी– कास्कीको लुम्ले हुँदै बथान–बथानका च्याङ्ग्रा मंगलबार पर्यटकीय सहर पोखरा

रुसले हवाई क्षेत्रको उल्लङ्घन तुरुन्त रोक्नुपर्छ : नाटो

एजेन्सी– नाटोले पूर्वी युरोपमा भइरहेका हवाई क्षेत्र उल्लङ्घनप्रति गम्भीर चिन्ता

रेडियो नेपालको विरासत कायम राख्दै प्रतिस्पर्धी बन्न सञ्चारमन्त्री खरेलको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज सार्वजनिक सेवा