श्रीलंकासामू नेपालद्वारा १६० रनको लक्ष्य प्रस्तुत « Khabarhub

श्रीलंकासामू नेपालद्वारा १६० रनको लक्ष्य प्रस्तुत


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाली टोलीले घरेलु टोलीलाई १ सय ६० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको खेलमा नेपालले श्रीलंकाविरुद्ध ४२ ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो ।

श्रीलंकाका बलरहरु हावी हुँदा नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन् । यद्यपि ओपनिङ ब्याट्सम्यान रित गौतम र कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

रितले ८५ बलमा ४ चौकाको मद्दतमा ५४ रन बनाएका थिए भने रोहितले ८० बलमा ४७ रन बनाए । यस्तै, राशिद खानले १५ रन बनाए भने हरि बहादुर चौहानले १२ रन मात्रै बनाउन सके ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ९ ओभर खेलिरहँदा बर्षा भएपछि खेल ४२ ओभरमा घटाइएको थियो ।

नेपालविरुद्ध घरेलु टोलीका बलरहरुमा दिलसान मुघुसंख र नवोद परनाभिथानाले समान ३–३ विकेट लिए । श्रीलंका केही बेरमा ब्याटिङमा उत्रिँदैछ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४६ बजे

संविधान संशोधनबाट नागरिक अधिकार कुण्ठित गर्न खोजियो : ज्ञानेन्द्र शाही

काठमाडौं-  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकारले

संसद्‍मा ज्ञानेन्द्र शाहीको प्रश्न- कर्णालीका नागरिकको ज्यानको मूल्य कति हो ?

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको सवारी

कोशी अस्पतालको अतिक्रमित संरचना हटाउन गृहमन्त्रीसँग संयुक्त निरीक्षणमा मन्त्री मेहता

विराटनगर– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले कोशी अस्पतालको सरकारी

चीनको क्षेप्यास्त्र परीक्षणले बढायो चासो

एजेन्सी– चीनले सोमबार प्रशान्त महासागरमा रणनीतिक आणविक पनडुब्बीबाट क्षेप्यास्त्र परीक्षण

नेविसंघको आरोप- सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप गर्‍यो

काठमाडौं– नेपाल विद्यार्थी संघले वर्तमान सरकारले विश्वविद्यालय र प्राज्ञिक स्वायत्ततामाथि हस्तक्षेप