महिला सांसदको प्रश्न– तीजमा सारी किन्दा ठगीमा परियो, सरकार के हेरेर बसेको छ ? « Khabarhub

महिला सांसदको प्रश्न– तीजमा सारी किन्दा ठगीमा परियो, सरकार के हेरेर बसेको छ ?


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडपर्वका बेलामा सरकारले बजार अनुगमन प्रभावकारी रुपमा गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।

शुक्रबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले सरकारले बजार अनुगमन गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।

लत्ता कपडादेखि खाद्यावस्तुको मूल्य दोब्बर हुँदा पनि सरकारले व्यापारीलाई कारवाही गर्न नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका थिए ।

चाँडपर्वको बेलामा व्यापारिले हरेक वस्तु, खाद्यपदार्थको भाउ मनलाग्दी लिने भन्दै उनीहरुले सरकारी अनुगमन बढाउनु पर्ने बताएका थिए ।

समितिकी सदस्य सुजाता परियारले तीजमा सारी किन्दा आफै ठगिएको दृष्टान्त पेश गर्दै त्यसलाई नियन्त्रण गर्न किन प्रभावकारी कदम चाल्न नसकेको ? भनि सरकारसँग प्रश्न गरिन् ।

त्यसैगरी समितिका अर्की सदस्य दिल कुमारीले बजारमा खाद्य बस्तुहरुको मूल्य दोब्बर हुँदा पनि सरकारले ती विक्रेताहरुलाई कार्वाही गर्न नसकेको उल्लेख गर्दै आपत्ति जनाइन् ।

समितिका सदस्यहरुले उपभोक्तालाई मारमा पार्ने व्यापारीहरुलाई कडा कार्वाही गर्न पनि सरकारलाई आग्रह गरेका थिए ।

सुपथ मूल्य पसल सञ्चालनको तयारी

सरकारले दशैं, तिहारजस्त चाडपर्वलाई लक्षित गरेर आगामी भदौं २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउने भएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दशैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर यही भाद्र २३ गतेबाट सुपथ मूल्य पसल संचालनमा ल्याउन लागिएको जानकारी गराएको हो ।

समितिको बैठकमा बोल्दै विभागमा महानिर्देशक योगेन्द्र गौचनले साल्ट ट्रडिङ कर्पोरेशन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र दुग्ध विकास संस्थानले एकीकृत रुपमा सो सुपथ पसल संचालन गर्ने निर्णय गरिएको बताए । सुपथ पसल संचालनका लागि सरकारले आवश्यक बजेटको पनि व्यवस्था गरिसकेको छ ।

विभागले यस वर्ष खसी, बोकाको मासुमा प्रतिकेजी १० रुपैयाँका दरले छुट दिने व्यवस्था पनि गरेको छ । त्यसैगरी चिनीमा प्रतिकेजी ५ रुपैयाँ, नुनमा प्रतिकेजी २ रुपैयाँ छुट दिने व्यवस्था पनि सुपथ पसलहरुमार्फत गर्न लागिएको विभागका महानिर्देशक गौचनले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ४ : ३५ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर