सांसदद्वारा मूल्यवृद्धिको विरोध « Khabarhub

सांसदद्वारा मूल्यवृद्धिको विरोध


२० भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा, उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेपालीको महान् चाड वडादशैँको मुखमा चिनी, दूध, तरकारीलगायत खाद्य पदार्थमा मूल्यवृद्धि भएको विषयमा सम्बन्धित मन्त्रालयका अधिकारीसँग छलफल गर्ने भएको छ ।

समितिको शुक्रबारको बैठकमा सांसदहरुले चाडपर्वको मुखमा बढी उपभोग गरिने वस्तुको मूल्य आकासिँदै जाँदा पनि सरकारले नियन्त्रण गर्न नसकेकामा आपत्ति प्रकट गरे ।

समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले दशैँ, तिहार, छठलगायत पर्वमा उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सर्वसुलभ बनाउने उद्देश्यले प्रारम्भिक छलफल गरिएको बताए ।

“दशैँसम्म मूल्यवृद्धि नगर्न सरकारलाई निर्देशन दिने तयारीमा छौँ, यसको तयारीका लागि नेपाल गुणस्तर तथा नापतौल विभाग, वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल आयल निगम, साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य संस्थान र उभोक्तावादी संस्थाका अधिकारीसँग छलफल गरिएको हो”, उनले भने ।

बैठकमा सांसदहरु अमृतादेवी अग्रहरि, दिलकुमारी, दुर्गाकुमारी विश्वकर्मा, मुकुन्द न्यौपाने, सुजाता परियारलगायतले उपभोग्य वस्तुमा मूल्यवृद्धि तथा मिसावट बढ्दै गएकाले नियमन गर्नुपर्नेमा जोड दिए ।

भदौ २२ गतेपछि बैठकमा सम्बन्धित मन्त्री र सचिवलाई बोलाएर छलफल गरिने समितिले जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  १० : ०१ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर