हङकङविरुद्ध मैदानमा उत्रिँदै नेपाल « Khabarhub

हङकङविरुद्ध मैदानमा उत्रिँदै नेपाल


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज (आइतबार) पहिलो खेल खेल्दैछ ।

ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजेबाट शुरु हुने५ । हङकङको सामना गर्दै नेपालले सिरिजको शुरुवात गर्न लागेको हो ।

हङकङविरुद्ध मैदान उत्रिँदा नेपाल सुखद शुरुवात गर्ने लक्ष्यमा हुनेछ । हङकङ पनि पहिलो जितको खोजीमा रहनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा हुनेछ ।

हङकङपछि नेपालले सोमबार नेदरल्याण्डको सामना गर्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

नेपाल र हङकङबीच हालसम्म ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ । जसमा नेपाल ३ पटक विजयी भएको छ भने हङकङले ४ खेलमा जीत हासिल गरेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ८ : ३६ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका