यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन « Khabarhub

यसरी बनाउनुस् खसीको स्वादिष्ट भुटन


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चाड­पर्वमा मासुका विभिन्न परिकारहरु बनाइन्छन् । दशैंमा सबैभन्दा बढी खसीको मासु प्रयोग हुन्छ । विश्वमै खसी परिकारहरु लोकप्रिय पनि मानिन्छन् ।

आन्द्रा, भुँडी, टाउको, रगत, अण्डकोष, जिब्रो, कलेजो, मृगौला, कान, खुट्टा इत्यादि विश्वको कहीँ न कहीँ प्रचलित छन्। दक्षिण एशियामा पनि विभिन्न भित्री अङ्गहरु खाने चलन छ।

नेपालमा विभिन्न जातिहरुका मानिसहरुले पनि विभिन्न पशुका विभिन्न प्रकारका त्यस्ता अङ्गको परिकार बनाएर खान्छन्। खसीको आन्द्रा­भुँडीको परिकार जुन भुटन र भुटुनका नामले चिनिन्छ ।

कसरी भुटन बनाउने ?

आवश्यक सामग्री

खसीको आन्द्रा­भुँडी एक किलो जति
बेसार दुई चम्चा
तोरीको तेल चार चम्चा
सुकेको रातो खुर्सानीको धुलो एक चम्चा
जिराको धुलो एक चम्चा
धनियाको धुलो एक चम्चा
लसुनको लेदो एक चम्चा
अदुवाको लेदो एक चम्चा
ल्वाङ­सुकमेलको धुलो एक चिम्टी
नून स्वादअनुसार

बनाउने तरिका

शुरुमा आन्द्रा­भुँडीलाई पानीले राम्ररी सफा गरी त्यसलाई एउटा भाँडामा एक चम्चा बेसार हाली उमाल्ने। लगभग आधा घण्टा उसिनेपछि चिसो पानीले पखाल्ने, त्यसपछि स­सानो टुक्रा बनाउने ।

एउटा फ्राई प्यानमा तेल राखी तताउने र आन्द्रा­भुँडी मज्जाले भुट्ने। त्यसपछि बेसार राख्ने र व्रmमशः सबै सामग्रीहरु राख्ने। मासु खैरो हुन्जेल त्यसलाई भुट्ने र निकाल्ने। अब त्यसलाई तात्तातो चिउरा, गोलभेडाको अचार वा अन्य खानासँग मिलाएर खान सकिन्छ ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ९ : ४८ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या