राष्ट्रवादी शक्तिहरु एकजुट हुन प्रवासी नेपालीको सुझाव « Khabarhub

राष्ट्रवादी शक्तिहरु एकजुट हुन प्रवासी नेपालीको सुझाव


१९ आश्विन २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राप्रपा सम्बद्ध संगठन प्रवासी एकता समाज बोस्टनले दुई राप्रपाबीच एकता अपरिहार्य रहेको बताएको छ ।

राप्रपा संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी अमेरिका पुगेको अवसरमा एकता समाजले एकता अभियान थाल्न नेता लोहनीलाई संस्मरण पत्र बुझाएको हो ।

एकता समाजका अध्यक्ष राजेन्द्र शेरचनले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र लोहनी नेतृत्वको राप्रपा संयुक्त एक हुनुपर्ने बताए । कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष राजिब पराजुली र प्रवास महासंघका अध्यक्ष प्रेम श्रेष्ठ लगायतको उपस्थित थियो ।

उनीहरुले राप्रपा संयुक्तका अध्यक्ष लोहनीलाई राष्ट्रवादी शक्तिहरूको एकता अपरिहार्य रहेको भन्दै संस्मरण पत्र बुझाएका थिए ।

संस्मरण पत्रमा भनिएको छ, ‘हामी प्रवासमा बस्ने सम्पूर्ण राष्ट्रवादी साथीहरु प्रवासमा रहेता पनि सदैव हाम्रो राष्ट्र र राष्ट्रियताको हितमा आफ्नो आवाज कुनै न कुनै रूपमा बुलन्द गरी विभिन्न माध्यमहरु मार्फत उठाइ रहेकाछौं ।’

सत्तामा रहेको कम्युनिस्ट सरकारले जनतामाझ भ्रम छरेको, तानाशाही तन्त्र  देखाएको उनीहरुको आरोप छ ।

‘भाइ फुटे गवार लुटे’ भन्ने भनाइलाई मध्येनजर गर्दै यो अवस्थामा सम्पूर्ण राष्ट्रवादीको रुपमा चिनिने शक्तिहरुबीच मेलमिलाप तथा सहकार्य जरुरत भएको संस्मरणपत्रमा उल्लेख छ ।

उनीहरुले आफूहरुको आवाजलाई आत्मसात गर्दै निकट भविष्यमै बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण अपेक्षा लिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७६, आइतबार  ११ : ५८ बजे

विश्वकपमा स्वीडेनको सानदार सुरुआत, ट्युनिसियामाथि ५ गोलको वर्षा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा स्वीडेनले

जयतु संस्कृतम् दिवस मनाइँदै

काठमाडौँ– नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न

ट्राफिक प्रहरीबाट एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार २५ सवारीचालकलाई सवारी

विष्णु माझीले सरप्राइज शैलीमा सार्वजनिक गरेको गीत ‘झोर्ले हजुर’लाई कमजोर भ्युज

काठमाडौं – गोप्य जीवनशैली र उत्कृष्ट गायन क्षमताले सधैँ चर्चामा

पहिलो सन्तानलाई जन्म दिँदै सबिन र अनु

काठमाडौँ – कलाकार दम्पति नायक सबिन श्रेष्ठ र नायिका अनु