दैनिक १८ हजार मोवाइल नेपाल भित्रिन्छन् | Khabarhub Khabarhub

दैनिक १८ हजार मोवाइल नेपाल भित्रिन्छन्


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा दैनिक औसत १८ हजार थान मोबाइल भित्रिने गरेको पाइएको छ । चालू आर्थिक वर्षको तीन महिनासम्मको भन्सार विभागको तथ्याङ्क अनुसार औसतमा उक्त सङ्ख्या बराबरको मोबाइल दैनिक आयात हुने गरेको हो ।

विभागका अनुसार असोजसम्म सात अर्ब १९ करोड रुपियाँ बराबरका १६ लाख २३ हजार ७९५ थान मोबाइल आयात भएका छन् ।

गत आवमा मोबाइलको आयातमा केही कमी आए पनि यस वर्ष आयातको प्रवृत्ति भने बढेको छ । गतवर्षको असोजसम्म छ अर्ब २९ करोड रुपियाँ बराबरका १३ लाख ६२ हजार ३३१ थान मोबाइल आयात भएका थिए ।

विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै चीनबाट मोबाइल आयात भएको छ । त्यहाँबाट मात्रै तीन अर्ब ३३ करोड रुपियाँ बराबरको १२ लाख ८४ हजार थान मोबाइल नेपाल भित्रिएका छन् ।

चीनका हुवावे, सायोमी, ओप्पो, वनप्लस, भीभोलगायतका मोबाइल नेपालमा बढी प्रचलनमा छन् । चीनपछि भारतबाट तीन अर्ब ४० करोड रुपियाँ बराबरका तीन लाख १२ हजार थान मोबाइल भित्रिएको तथ्याङ्क छ । भियतनामबाट समीक्षा अवधिमा करिब २७ हजार थान मोबाइल आयात भएको छ ।

यसबाहेक जापान, दक्षिण कोरिया, बङ्गलादेशलगायतका मुलुकबाट पनि मोबाइल आयात भएको तथ्याङ्क छ । यद्यपि यी देशबाट निकै कम अर्थात् सयको हाराहारीमा मात्र मोबाइल आयात भएको देखिन्छ । स्विट्जरल्यान्ड, कुवेत, मङ्गोलिया, न्यूजिल्यान्ड, तान्जानियाबाट तीन महिनासम्म भन्सार हुँदै केवल एक/एक थान मात्र मोबाइल आयात भएको छ ।

मोबाइल नेटवर्कको पहुँच बढेसँगै नेपालमा मोबाइल फोनका प्रयोगकर्ताको सङ्ख्या पनि विस्तार हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिलेसम्म दूरसञ्चार सेवा प्रदायकले चार करोड नौ लाख सिमकार्ड वितरण गरेका छन् । वितरित सिमकार्ड नेपालको कुल जनसङ्ख्याभन्दा ३८.५९ प्रतिशतले बढी छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ५४ बजे

वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिन्छ : कृषिमन्त्री 

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य

स्पेनको वृद्धाश्रममा आगलागी : एक जनाको मृत्यु, १९ घाइते

काठमाडौं– स्पेनको उत्तरपूर्वी सहर जारागोजास्थित एक वृद्धाश्रममा शुक्रबार राति आगलागी

सप्तकोशीमा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

धरान– विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशी नदीमा बेपत्ता भएका

सद्भावनासहित नमाज पाठ गरेर मनाइयो पहिलो दिनको बकर इद

काठमाडौं– मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)

‘बजेटले अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न सक्दैन’

काठमाडौं– आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रका विद्यमान समस्या समाधान