मैनबत्ति बेचेर सामुदायिक विद्यालयले क‍मायो ७० हजार « Khabarhub

मैनबत्ति बेचेर सामुदायिक विद्यालयले क‍मायो ७० हजार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका विद्यार्थीले विद्यालयमै उत्पादन गरेको मैनबत्ती बिक्रीबाट ७० हजार आम्दानी गरेको छ ।

कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने पेशा व्यवसाय र प्रविधि शिक्षा पाठ्यक्रम अन्तर्गत प्रयोगात्मक कक्षामा विद्यार्थीहरुले मैनबत्ती उत्पादन गरेका हुन् ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धि र विद्यालयको आयश्रोत बढाउनका लागि मैनबत्ती उत्पादन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी बताए । उत्पादन गरेका मैनबत्ती तिहारको समयमा स्थानीय बजार खोडपे, पाटन, पुर्चौडी, गाँजरी लगायतका बजारमा बिक्रि गरिएका उनले बताए ।

बिद्यालयले १ हजार ८५० प्याकेट मैनबत्ति उत्पादन गरि बिक्री गरेको हो । जसमा १५ रुपैयादेखि ७० रुपैयाँसम्म पर्ने प्याकेट थिए । विद्यालयले गत बर्ष पनि ५२ हजारका मैनबत्ती उत्पादन गरी बिक्री गरेको थियो ।

मैनबत्ती बिक्रीबाट संकलित रकम विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि खर्च गरिने बिद्यालयले जनाएको छ । विद्यालयको आर्थिक स्थितीलाई सुधार तथा बिद्यार्थीहरुले पेसागत दक्षता हासिलका लागी प्रत्येक बर्ष मैनबत्ती उत्पादन गर्दै आएको छ ।

शैक्षिक गुणस्तर, अनुसासन तथा आन्तरिक तथा बाह्य क्रियाकलापलाई जोड दिँदै नमुना बनाउने उद्देश्यले विद्यालयले लिएको छ । निजि श्रोतबाट पारिश्रमिक लिएर काम गर्ने शिक्षकहरुलाई पाल्न सार्है गार्हो भएको र बिद्यार्थिहरुले उत्पादन गरेको मैनबत्ती बिक्री गरी आएको रकमबाट निजि शिक्षकहरुलाई तलब भत्ता दिन सहयोग पुग्ने विद्यालयले जनाएको छ ।

बिद्यालयले यस्तो रचनात्मक कार्यको थालनि गर्नु अन्त्यन्तै राम्रो काम भएको पाटन ९ का वडा अध्यक्ष लोकेन्द्र भण्डारीले बताए । उनले सिद्धेस्वर माबिको यस्को काम बाट अन्य बिद्यालयलाई समेत श्रृजनात्मक काम गर्ने प्रेरणा मिल्ने बताए । यस्ता कामहरु गर्नका लागी आफुहरुले समेत आगामी बर्ष देखि बजेट छुट्याउने उनले बताए ।

अविभावककै लगानीमा विभिन्न शैक्षिक समाग्री र बालउद्यान समेत रहेको उक्त विद्यालय जिल्लाकै पहिलो कागज रहित विद्यालयका रुपमा समेत परिचित छ । वि.स. २०१८ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ३०० बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ८ : ४५ बजे

स्ट्रेट अफ हर्मुज सञ्चालनका लागि सैन्य अभियान अवास्तविक : म्याक्रोँ

सोल- फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’ लार्य

केपी ओलीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौं- ज्यानसम्बन्धी कसुरमा गत शनिबार पक्राउ परेका नेकपा एमालेका अध्यक्ष

टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध २१ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा

ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा

पार्टीभित्रको विवाद मिलाउन नसके आगामी निर्वाचनमा झन् अवस्था बिग्रन्छ : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्रको विवाद मिलाउन नसके