पैसा कमाउने केही टिप्सः जसले तपाईं रातारात बन्नुहुनेछ धनी ! « Khabarhub

पैसा कमाउने केही टिप्सः जसले तपाईं रातारात बन्नुहुनेछ धनी !


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

पैसाको आवश्यकता सबैलाई पर्छ । अनि संसारमा सबैको चाहना हुन्छ कसरी धेरै पैसा कमाउने ? अझ हाम्रो समाजमा त पैसा कमाउन सकेन भने उसलाई असफलको संज्ञा दिइन्छ ।

त्यसैले हरेकले पैसा कमाउने जुक्ति खोजिरहका हुन्छन् । यहाँ हामीले केही तथ्य उल्लेख गरेका छौं । जुन फलो गर्नु भयो भने पैसा कमाउन सहज हुनेछ । यस्ता छन् पैसा कमाउने तरिका :

महत्वकांक्षी बन्नुहोस र सपना देख्नुहोस्

कुनैपनि काम गर्नका लागि पहिले सपना देख्नु आवश्यक हुन्छ । त्यसैले तपाईं पनि पैसा कमाउन चाहनु हुन्छ भने आजैबाट सपना देख्न सुरु गर्नुस् । जसले सपना देख्छ जो महत्वकांक्षी बन्छ उसले मात्रै समाजमा मान, प्रतिष्ठा र पैसासमेत कमाउन सक्छ ।

क्षमताको पहिचान गर्नुहोस्

शुरुमा तपाईंले आफुलाई चिन्नु जरुरी छ । त्यसैले तपाईं पहिले आफ्नो क्षमताको पहिचान गर्नुहोस् । र त्यसैअनुसार काम गर्नुहोस्, त्यसले तपाईंलाई सफलताको शिखरमा पुग्न सहयोग गर्छ । तपार्इंले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाई‌ले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ ।

कडा परिश्रम गर्नुहोस्

यो कुरा बुझ्नुस् कि बिना परिश्रम सफल हुन सहज छैन । त्यसैले मेहनत गर्नुहोस्, निरन्तर परिश्रम गर्नुहोस् । एक दिन तपाईं सफल बन्नु हुनेछ । र पैसा आफैं तपाईंको पछि दौडनेछ ।

कुनै काम सुरु गर्नुहोस्

तपाईं चुप लागेर बस्नु भयो भने पैसा कमाउन सक्नुहुन्न । त्यसैले तपाईंले कुनैपनि कामको जोखिम मोल्नै पर्छ । त्यसैले काम सुरु गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस् ।

अन्य तरिका

त्यसो त पैसा कमाउन कसलाई मन लाग्दैन र ? तर दुई नम्बरी धन्धा नगरी सजिलै पैसा कमाउन सकिन्छ र ? भन्नेहरु पनि नभएका होइन्, तमाम भेटिन्छन् बजारमा । उनीहरुका लागि जवाफ दिन सकिन्छ- अवश्य सकिन्छ ।

अर्काको देखासिकी गरेर पैसा खर्च नगर्नुस् । पैसा उडाउने खालका साथी छन् भने तिनीहरूको संगत छोडिदिनुस् । तपाईंको पैसामा अरूलाई किन मोज गराउनुुहुन्छ ? पैसा बचाउनु पनि पैसा कमाउनु नै हो ।

आफूलाई चाहिने कुरा मात्र किन्नुस् । जे किन्दा पनि अत्यन्त आवश्यक छन् कि छैनन् भनी विचार गर्नुपर्छ । केही नयाँ कुरा सिक्नुस् । आफूसँग भएका क्षमता तिखार्नुस् । यसरी नयाँ कुरा सिकेपछि तपाईंले पैसा पनि कमाउन सक्नुहुन्छ । मानौं तपाईंले चित्रकला सिक्नुभयो रे, त्यो बेचेर पैसा आउँछ ।

आजकल सामाजिक सञ्जालबाट पैसा कमाउन सकिन्छ । आफ्नै युट्युब च्यानल खोल्नुस् र क्रिएटिभ भिडियो अपलोड गरेर मोनेटाइज गर्नुस् । तपाईं प्रसिद्ध पनि हुनुहुनेछ अनि धनी पनि ।

घरमा भएका पुराना सामान बेचिदिनुस् । घर भरिने गरी सामान थुपार्नुको के अर्थ ? सामान बेच्दा पैसा पनि हुने, घर पनि सुन्दर देखिने । कमाइभन्दा कम खर्च गर्नुस् । आमदानी अठन्नी, खर्चा रुपैयाँ गरेर काम छैन ।  क्रेडिट कार्डको लत जति छिटो छुट्यो, त्यति राम्रो ।

वर्षैपिच्छे तलब बढ्ला भनेर आश गर्नुभयो भने तपाईं कहिल्यै धनी हुन सक्नुहुन्न । त्यसैले राम्रो तलब दिने जागिरको खोजी गर्दै अफिस छिटोछिटो बदल्नुस् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ४५ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको