आजबाट वृहष्पती धनु राशिमा प्रवेश, कुन राशिमा कस्तो प्रभाव ? « Khabarhub

आजबाट वृहष्पती धनु राशिमा प्रवेश, कुन राशिमा कस्तो प्रभाव ?


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कार्तिक २० गते बुधबार बिहान ६ बजेर ५७ मिनेटबाट वृहष्पती ग्रह धनु राशिमा प्रवेश गरेको छ । यो अब यो ग्रह चैत्र १७ गतेसम्म यही राशिमा रहने छ । बैशाख ०९ गतेसम्म वृश्चिक राशिमा रहेको वृहष्पतीले राशि परिवर्तन गर्दा यसको प्रभावले सबै राशिमा पर्न जान्छ ।

अबको ५ महिनासम्म अर्थात कार्तिक २० गतेबाट चैत्र १७ गतेसम्म वृहष्पतीको स्थिरताले कुन राशिमा कस्तो प्रभाव पार्छ ? हेरौँ राशि अनुसारको जानकारी :

मेष राशि

मेष राशिका व्यक्तिको रोकिएको काम पूरा हुने, भाग्यमा वृद्धि हुने तथा मनले चाहेको काम पूर्र्ण हुनेछ । यस अवधिमा तीर्थयात्रा हुने, सत्संगमा सहभागिता समेत हुनसक्छ । पार्टी वा पिकनिकमा सहभागी हुदाँ भने बहुमूल्य सामाग्री हराउन सक्ने योग भएकाले सावधानी अपनाउनु पर्नेछ ।

वृष राशि

वृष राशिका व्यक्तिलाई राम्रो लाभ मिल्ने योग छ । प्रतिद्वन्द्वी सक्रिय हुने, शारीरिक कष्ट बेर्होर्नु पर्ने तथा बाधाको सामना गर्नुपर्ने हुनसक्छ । यस अवधिमा लगानी वा सामाग्रीको खरिद गर्दा जानकारसंग सल्लाह लिएर मात्र गर्नुहोला ।

मिथुन राशि

मिथुन राशिका व्यक्तिलाई अप्रत्याशित खर्चको सामना गर्नुपर्ने हुन्छ । पूराना रोग बल्झिने, चिन्ता र तनावमा वृद्धि योग भएकाले सम्हालिएर ब्यवहार गर्नुपर्ने हुन्छ । प्रेमीप्रेमिका वा जीवन साथीसंग साधरण मतभेद बढे पनि बिस्तारै सम्बन्ध सहज हुनेछ । अरुबाट धेरै अपेक्षा नगर्नुहोला ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिको सानो प्रयाशबाट पनि ठूलो काम बन्ने योग छ । सामाजिक प्रतिष्ठामा वृद्धि हुने, सामाजिक कार्यको अवसर मिल्ने तथा धन प्राप्तिको सम्भावना छ । सन्तान पक्षबाट सुख प्राप्ती हुने छैन । यस अवधिमा प्रतिद्वन्दि शान्त रहे पनि निकै सावधानि अपनाउनु होला ।

सिंह राशि

सिंह राशिका व्यक्तिले यस अवधिमा शुभ समाचार प्राप्त गर्ने, आत्मविश्वास बढ्ने, नयाँ कामको योजना बन्ने हुन्छ । साथै व्यवसाय औसत चल्ने, बेचैनी बढ्ने र पारिवारिक सहयोग प्राप्त हुनेछ । साथीसंग मतभेद बढ्ने भएकाले कुनै काममा पनि हतार नगर्नुहोला ।

कन्या राशि

कन्या राशिका व्यक्तिको भाग्योन्नतिको समय छ । यस अवधिमा मनोरञ्जक यात्रा हुने, सुखमय जीवन व्यतित हुने, ठूला समस्याको हल हुने तथा प्रसन्नता बढ्नेछ । धन प्राप्तिका सहज बाटो खुल्नाले धनको समस्या समाधान हुनेछ ।

तुला राशि

तुला राशिका व्यक्तिलाई वैवाहिक प्रस्ताव आउने समय छ । अप्रत्याशित खर्च बढ्ने, बन्ने काममा पनि बाधा आउने, ऋण लिनुपर्ने, स्वास्थ्य कमजोर रहने, कामप्रति मन नजाने, साथीसंग विवाद बढ्ने तथा मतभेद हुने योग छ । यस अवधिमा जोखिम लिने वा जमानत राख्ने काम नगर्नुहोला ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्ति कानूनी अड्चनमा फस्ने हुनसक्छ । बोलीमा नियन्त्रण नराख्नाले परिवारभित्रै खटपट हुने, साथीसंग मतभेद रहने तथा नोकरीमा समेत असर पर्ने हुनसक्छ । यस अवधिमा शारीरिक कष्ट बेहोर्नु पर्ने भएपनि धन प्राप्तीको योग भने बन्नेछ ।

धनु राशि

धनु राशिका व्यक्तिमा मानसिक द्वन्द्व बढ्ने, चोट वा रोग लाग्नसक्ने, योजना विफल हुनसक्नेछ । यस अवधिमा अपरिचित व्यक्तिको विश्वास नगर्नुहोला । प्रेममा धोका पाइन सकिनेछ । व्यवसाय अनुकूल रहने, प्रसन्नता बढ्ने तथा भाग्यले साथ दिने समय छ ।

मकर राशि

मकर राशिका व्यक्तिले तीर्थ दर्शन प्राप्त गर्ने समय छ । प्रभावशाली व्यक्तिका साथ रहने भएकाले कार्यको बाधा हटेर जानेछ । व्यापार÷व्यवसाय चाहे अनुसारको प्राप्त हुनेछ । तर फाल्गुणपछि तनाव बढ्ने, थकान महशुस हुने भएकाले हतोत्साहित नभई निर्णय लिन आवश्यक छ ।

कुम्भ राशि

कुम्भ राशिका व्यक्तिका लागि यो अवधि प्रेमप्रसंगका लागि उत्तम छ । सोचे अनुरुपको काम बन्नेछ, प्रसन्नता स्थिर हुनेछ, प्रभावशाली व्यक्तिको सहयोग मिल्नेछ । हतारमा काम नथाल्नु होला, पारिवारिक सम्बन्धमा प्रगाढता भएपनि बाहिरी सम्बन्ध भने बिग्रने छ । बोलीमा ध्यान दिनुहोला ।

मीन राशि

मीन राशिका व्यक्तिलाई कष्ट, भय, तनाव वा चिन्ता बढ्ने साथै अनावश्यक जोखिम बहन गर्नुपर्ने हुनसक्छ । वाहन वा मेसिनरी सामाग्रीको प्रयोग गर्दा विशेष सावधानी अपनाउनु होला । भुलेर पनि झगडामा नपर्नुहोला अन्यथा यसले ठूलो क्षति निम्त्याउन सक्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ९ : ५१ बजे

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन