विवाहपछि मानिस मोटाउने ६ रोचक कारण « Khabarhub

विवाहपछि मानिस मोटाउने ६ रोचक कारण


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

धेरै मानिसहरु विवाहका लागि मोटाउने वा दुब्लाउने गर्दछन् । विवाहमा आर्कषक देखिन शरीरलाई सन्तुलनमा ल्याउन धेरैले निकै मेहनत गर्दछन् ।

तर विवाहपछि भने मानिसहरु शरीरको फिटनेसमा वास्ता गर्दैनन् । त्यसैले पनि अधिकांश मानिस विवाहपछि अस्वभाविक रुपले मोटाउने गर्दछन् ।

अरु के के कारणले मानिसहरु विवाहपछि मोटाउछन् त ?

१. ब्यायाम नहुनु

विवाहअघि शरीरलाई सन्तुलनमा ल्याउन ब्यायाम गर्नेहरु विवाहपछि भने शारीरिक बनावट, डाइट र फिटनेसमा ध्यान दिँदैनन् । जसका कारण विवाहपछि मानिसहरु अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

२. ढिलो विवाह

मानिस मोटाउने उमेर भनेको औसतमा ३० बर्षपछि शुरु हुन्छ । र, आजकाल धेरै मानिस सेटल भएपछि वा ३० बर्षको हाराहारीमा विवाह गर्दछन् । जबकी ३० वर्षको उमेरपछि हाम्रो शरिरमा मेटाबोलिजमको रेट कम हुन गइ तौल बढ्न थाल्छ ।

३. हर्मोनल परिवर्तन

विवाहपछि मानिसको दैनिकी र जीवनशैली परिवर्तन हुन्छ । जसले शरीरमा थुप्रै हर्मोनल परिवर्तन हुन्छन् । जसका कारण मानिसहरु विवाहपछि अस्वभाविक रुपमा मोटाउने गर्दछन् ।

४. अनिन्द्रा

विवाहपछि मानिस मोटाउनुको अर्काे कारण भनेको अनिन्द्रा हो । विवाहपछि मानिस निकै व्यस्त हुने भएकाले उनीहरु पर्याप्त निदाउन पाउँदैनन् । अध्ययन अनुसार नियमित ६ घण्टाभन्दा कम सुत्ने मानिसको शरीरमा मेटाबोलिजम कम हुन्छ, जसको कारणले मानिस मोटाउने गर्दछन् ।

५. तनाव बढ्नु

विवाहपछि मानिसको जीवनमा आएका परिवर्तनहरुले कतिपय विवाहिताहरु तनावमा हुने गर्दछन् । तनावमा भएका मानिसमा भोक ज्यादा हुन्छ र उनीहरु असन्तुलित खानपान गर्दछन् र मोटाउने गर्दछन् ।

६. अन्य कारण

विवाहपछि मानिसहरु भेटघाट तथा घुमघाममा जादा बढी मात्रामा अनेकौं परिकारहरु खानुपर्ने हुन्छ । बाहिरको खानामा क्यालोरीको मात्रा अधिक हुन्छ । साथै, हेभी खानाले स्वतः शरीरको वजन बढाउने गर्दछ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १० : ०८ बजे

यामालसँगको तस्बिरबारे मेसीले भने : जीवनकै अविश्वसनीय संयोग

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले स्पेनका युवा स्टार लामिने

राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आज

म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता

गण्डकी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ

गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने

गण्डकी – जल तथा मौसम विज्ञान विभागले आज र आइतबार

अमेरिका–इरान तनाव चर्कियो, पानी शुद्धीकरण प्लान्टहरू पनि आक्रमणको निशानामा

काठमाडौं – अमेरिका र इरानबीचको बढ्दो तनावका बीच समुद्रको खारा