आलमको दोस्रो दिनको अदालती बयान जारी « Khabarhub

आलमको दोस्रो दिनको अदालती बयान जारी


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– विस्फोटक पदार्थ (बम) उत्पादन, कर्तव्य ज्यान र ज्यान मारेको उद्योग गरेको अभियोग लागेका कांग्रेस नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको दोस्रो दिने अदालती बयान शुरु भएको छ ।

आलमको जिल्ला अदालत रौतहट रौतहटका न्यायाधीश दीपक ढकालको इजलाशमा बयान शुरु भएको हो ।

जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले बिहान ११ बजेदेखि नै आलमको बयान शुरु भएको जानकारी दिए ।

आलममाथि २७ चैत २०६४ मा बम विस्फोट गराइ बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर कर्तव्य ज्यान गरी मारेको आरोप लागेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमबार आलमसहितका १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ उत्पादन तथा ओसापोसारसम्बन्धी र अर्का १ जनाविरुद्ध मतियार बनेको कसुरमा अभियोग पत्र दायर गरेको थियो ।

उक्त मुद्दामा अभियुक्त बनाइएकामध्ये आलमबाहेकका अन्य सबै फरार छन् ।

मंगलबारदेखि नै आलमको बयान शुरु भएको थियो । तर, आलम पक्षका कानून व्यवसायीहरुले अभियोग पत्र र मिसिलको नक्कल (प्रतिलिपि) नपाएको भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएपछि बयान बीचमै रोकिएको थियो ।

मंगलबार अपराह्न ३ बजेर २० मिनेटदेखि पुनः सुचारु भएको बयान अदालती समय सकिने लाग्दा विषयबस्तुमै प्रवेश गरेको थिएन ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : १३ बजे

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको

दैनिक एक हजार ५०० ई-राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

काठमाडौं– राहदानी विभागले विद्युतीय राहदानी (ई-पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन

वालेन्द्रको ‘लाज ढाक्न’ रविलाई भ्याइ-नभ्याइ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

काठमाडौं– सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा