सर्वोच्चमा मुद्दाको ‘सेटिङ मिलाउने’ नासु पक्राउ, गोप्य रुपमा अनुसन्धान गर्दै अख्तियार « Khabarhub

सर्वोच्चमा मुद्दाको ‘सेटिङ मिलाउने’ नासु पक्राउ, गोप्य रुपमा अनुसन्धान गर्दै अख्तियार


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका एक जना नायव सुब्बालाई पक्राउ गरेको छ ।

अदालतमा हुने ‘मुद्दाको सेटिङ’को घटनाबारे अनुसन्धानका क्रममा अदालतको अभिलेखालय शाखामा कार्यरत नासु सुधिर खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियार स्रोतका अनुसार नासु खड्काले सर्वोच्च अदालतकै एकजना न्यायाधीशको नाम लिएर मुद्दा मिलाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग डिल गर्ने गरेका थिए ।

सोही सूचनाका आधारमा खड्कालाई पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो । ‘पहिलेदेखि नै अनुसन्धान भइरहेको घटनामा उनको संलग्नता देखिएका कारण नियन्त्रणमा लिइएको हो,’ स्रोतले खबरहबसँग भन्यो, ‘अहिले अनुसन्धान चलिरहेको छ ।’

खड्कालाई सोमबार पक्राउ गरिएको अख्तियार स्रोतले जानकारी दियो ।

अख्तियार स्रोतका अनुसार नासु खड्कामाथि गुपचुप रुपमा छानबिन भइरहेको छ । ‘यो घटनामा अन्य व्यक्तिको पनि संलग्नता हुने संभावना देखिएको छ,’ स्रोतले खबरहबसँग भन्यो, ‘अहिले गोप्य रुपमा अनुसन्धान भइरहेको छ । अनुसन्धानका क्रममा अरुको संलग्नता देखिए थप व्यक्ति पनि पक्राउ पर्न सक्छन् ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले अनुसन्धानकै क्रममा रहेको घटनाका विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने बताए ।

‘यो विषय अहिले अनुसन्धानकै क्रममा छ,’ खड्का पक्राउबारे खबरहबको जिज्ञासामा प्रवक्ता कोइरालाले भने, ‘अनुसन्धानकै क्रममा रहेको विषयमा हामीले धेरै कुरा बोल्न मिल्दैन ।’

खड्का पक्राउको विषयलाई सर्वोच्च अदालत स्रोतले पनि पुष्टि गरेको छ । तर, सर्वोच्चका अधिकारीहरुले उनको पक्राउबारे आधिकारिक जानकारी दिन मानेनन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ४ : ४५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको