खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे « Khabarhub

खेत जोत्ने क्रममा भेटिए ६९ वटा बम, सेनालाई डिस्पोज गर्नै हम्मे


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चैनपुर– बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्ने क्रममा ६९ वटा बमहरु फेला परेका छन् ।

बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन शुरु गरेको थियो ।

बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको थियो ।

सेनाको टोलीले बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम शुरु गरेपनि बुधबार साँझसम्म पनि डिस्पोज गर्ने काम नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला परेको जानकारी दिए ।

‘बमको प्रकृति हेर्दा द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ डिएसपी बमले खबरहबसँग भने, ‘केही बम धेरै स–साना पनि छन् । धेरैजसो सकेट बम छन् ।’

बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ३१ बजे

आज २०८३ साल कात्तिक २ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको