युनिसेफको टोलीद्वारा पाटन दरवार स्क्वायरको अवलोकन « Khabarhub

युनिसेफको टोलीद्वारा पाटन दरवार स्क्वायरको अवलोकन


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– युनिसेफकी कार्यकारी निर्देशक हेनरिता एच फोरेलगायतको टोलीले ललितपुर पाटन दरवार क्षेत्रको अवलोकन गरेको छ ।

पाटन दरवार क्षेत्रको अवलोकनमा युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गो, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतको सहभागिता रहेको थियो ।

टोलीलाई पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्वागत गरिन् । बुधबार पाटन दरवार क्षेत्रको भ्रमणमा पुगेकी कार्यकारी निर्देशक फोरेले पाटनको कृष्ण मन्दिर, मुलचोक, मंगाहिटी लगायतको अवलोकल गरेकी छन्।

युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गो, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतको उपस्थिति थियो ।

निर्देशक हेनरिताले रुद्रवर्ण महाविहारको समेत अवलोकन गरिन् । उनले रुद्रवर्ण महाविहार पछाडि रहेको इनारमा पानी सुदृढीकरणका लागि युनिसेफद्वारा जडित यन्त्रको अवलोकन गर्दै यसको प्रभावकारिताको बारेमा समेत चासोपूर्वक सोधखोज गरेकी थिइन् ।

त्यसैगरी युनिसेफकी कार्यकारी निर्देशक हेनरितालाई प्रभात स्कुल, नेशनल चाइल्ड स्कुलका वालवालिकाहरुले वालवालिका केन्द्रीत जोखिम मापन तथा पानीको गुणस्तरको वारेमा जानकारी गराएका थिए ।

यसैगरी उनले वडा नं.६ को वडा कार्यालयमा पुगेर जन्म दर्ताको वारेमा समेत जानकारी लिइन् । कार्यकारी निर्देशक हेनरिताले एकल महिला र अपाङ्गता भएका वालवालिकाहरुसंग समेत अन्तरक्रिया गरेकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ०७ बजे

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने