युनिसेफको टोलीद्वारा पाटन दरवार स्क्वायरको अवलोकन « Khabarhub

युनिसेफको टोलीद्वारा पाटन दरवार स्क्वायरको अवलोकन


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– युनिसेफकी कार्यकारी निर्देशक हेनरिता एच फोरेलगायतको टोलीले ललितपुर पाटन दरवार क्षेत्रको अवलोकन गरेको छ ।

पाटन दरवार क्षेत्रको अवलोकनमा युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गो, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतको सहभागिता रहेको थियो ।

टोलीलाई पाटन दरवार क्षेत्रमा ललितपुर महानगरपालिकाकी उपप्रमुख गीता सत्यालले स्वागत गरिन् । बुधबार पाटन दरवार क्षेत्रको भ्रमणमा पुगेकी कार्यकारी निर्देशक फोरेले पाटनको कृष्ण मन्दिर, मुलचोक, मंगाहिटी लगायतको अवलोकल गरेकी छन्।

युनिसेफकी कार्यकारी निर्देशक हेनरितासंगै युनिसेफ साउथ एशिया क्षेत्रकी क्षेत्रीय निर्देशक जिन गो, युनिसेफ नेपालका प्रतिनिधि एल के उइससमेतको उपस्थिति थियो ।

निर्देशक हेनरिताले रुद्रवर्ण महाविहारको समेत अवलोकन गरिन् । उनले रुद्रवर्ण महाविहार पछाडि रहेको इनारमा पानी सुदृढीकरणका लागि युनिसेफद्वारा जडित यन्त्रको अवलोकन गर्दै यसको प्रभावकारिताको बारेमा समेत चासोपूर्वक सोधखोज गरेकी थिइन् ।

त्यसैगरी युनिसेफकी कार्यकारी निर्देशक हेनरितालाई प्रभात स्कुल, नेशनल चाइल्ड स्कुलका वालवालिकाहरुले वालवालिका केन्द्रीत जोखिम मापन तथा पानीको गुणस्तरको वारेमा जानकारी गराएका थिए ।

यसैगरी उनले वडा नं.६ को वडा कार्यालयमा पुगेर जन्म दर्ताको वारेमा समेत जानकारी लिइन् । कार्यकारी निर्देशक हेनरिताले एकल महिला र अपाङ्गता भएका वालवालिकाहरुसंग समेत अन्तरक्रिया गरेकी थिइन् ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ०७ बजे

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–०

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल