घुस लिएको आरोपमा हवल्दारविरुद्ध आरोपपत्र दायर « Khabarhub

घुस लिएको आरोपमा हवल्दारविरुद्ध आरोपपत्र दायर


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा एक जना हवल्दारविरुद्ध आरोपपत्र दायर गरेको छ ।

घरायसी प्रयोजनका लागि चाहिने सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बेसक्याम्प सेमरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानेन्द्रकुमार मौर्यविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिइएको टोलीले निज मौर्यलाई सेवाग्राहीसँग रु सात हजार घुस लिएको अवस्थामा प्रतापपुर गाउँपालिका–२ स्थित नौलो किराना पसलबाट नियन्त्रणमा लिएको थियो ।

यसैगरी स्थानीय बजारबाट मालसामान ल्याउने क्रममा भन्सार शुल्क तिरिसकेपछि पनि सेवाग्राहीसँग भन्सार शुल्कबाहेक रु २० हजार घुस लिएको आरोपमा सशस्त्र प्रहरी बल बिओपी भनजी कैलालीको घुमुवा सशस्त्र प्रहरी सहायक हबल्दार ज्ञानबहादुर चौधरी र सशस्त्र प्रहरी जवान रतिराम चौधरीविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ६ : ५८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित