पाँच नम्वर प्रदेश प्रमुख यादवले गरे पदबहाली « Khabarhub

पाँच नम्वर प्रदेश प्रमुख यादवले गरे पदबहाली


२० कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- प्रदेश नं. ५ का नवनियुक्त प्रमुख धर्मनाथ यादवले बुधबार पदबहाली गरेका छन्। बुधबार बेलुका एक समारोहबीच प्रदेश प्रमुख यादवले कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख यादवलाई प्रदेश सरकारका मन्त्रीहरु आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केशी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरी, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्यहरु लगायत प्रदेशका प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी लगायतले स्वागत गरेका थिए। सो समयमा प्रदेश प्रमुख यादवलाई नेपाली सेनाले सलामी समेत अर्पण गरेको थियो।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले संविधानले दिएको अधिकारभित्र रहेर संविधान र संघीयताको कार्यान्वयनको लागि आफ्नो जिम्मेवारी वहन गर्ने बताए। यसअघि निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाको बुधवार विदाई गरिएको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ७ : ३६ बजे

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय