उत्तर कोरियाली क्षेप्यास्त्र केन्द्रमा ‘नयाँ गतिविधि’को संकेत « Khabarhub

उत्तर कोरियाली क्षेप्यास्त्र केन्द्रमा ‘नयाँ गतिविधि’को संकेत


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाको क्षेप्यास्त्र केन्द्रमा नयाँ गतिविधिको संकेत देखिएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङ नजिक रहेको सानुम्डोङ क्षेप्यास्त्र केन्द्रमा हालै कार्गो कन्टेनरको गतिविधिको संकेत देखिएको गुप्तचर निकायको ब्रिफिङमा सहभागी सांसद्हरुलाई उद्धृत गर्दै दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

उत्तर कोरियाली क्षेप्यास्त्र केन्द्रमा देखिएका पछिल्ला गतिविधिले उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिष्टिक क्षेप्यास्त्रको उत्पादन गर्ने दिशातर्फ लागिपरेको हुनसक्ने दक्षिण कोरियाली सञ्चारमाध्यमको भनाइ छ ।

उत्तर कोरियाका सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्रहरु ह्वासोङ १४ तथा हवासोङ १५ पनि सानुम्डोङ क्षेप्यास्त्र केन्द्रमै विकास गरिएको बताइन्छ ।

त्यसबाहेक उत्तर कोरियाले योङब्योन आणविक भट्टीमा युरेनियमको प्रशोधन गर्ने कामलाई पनि निरन्तरता दिइरहेको छ ।

यसअघि उत्तर कोरियाको सोहे रकेट प्रक्षेपण केन्द्र मर्मत गरेको भूउपग्रह तस्बीर सार्वजनिक भएको थियो ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन तथा अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पबीच भियतनामको राजधानी हनोईमा भएको शिखर वार्ता असफल भएको केही दिनभित्रै उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र केन्द्र पुनः सञ्चालित गर्न लागेको भन्ने समाचार आएको हो ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र केन्द्र मर्मत गरेको भए त्यसबाट आफू निराश हुने प्रतिक्रिया दिएका छन् ।

ह्वाइट हाउसको ओभल अफिसमा बोल्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले के गरिरहेको छ त्यो पर्खने र यदि उत्तर कोरियाले यस्ता गतिविधि गरिरहेको भए त्यसबाट आफू एकदमै निराश हुने प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १२ : ४३ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।