पर्यटकीय गन्तव्य श्रीअन्तुका सुन्दर तस्वीर | Khabarhub Khabarhub

पर्यटकीय गन्तव्य श्रीअन्तुका सुन्दर तस्वीर



इलाम- साना–साना चिटिक्क देखिने चिया बगान, बगान भित्र आकर्षक कटेज, छेउमै पोखरी, लस्करै मिलेका धुपिसल्लाका रुख । आहा ! साँच्चिकै सुन्दर छ इलामको श्री अन्तु डाँडा ।

सूर्योदय नगरपालिका ५ मा रहेको यो स्थान अति नै मनमोहक छ । जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित इलामको श्री अन्तु सूर्योदय र सूर्यास्तको दृश्यका लागि देशकै उत्कृष्ठ गन्तव्यका रूपमा परिचित छ ।

ठाँउ ठाउँ बनाइएका होम स्टेमा अर्गानिक खाना पाइने भएकाले प्रर्यटकहरु यहाँ रात आकर्षित छन् । इलामको अन्तुडाँडामा सबैभन्दा पहिले घामको ज्योति पर्ने र यहाँबाट अत्यन्तै मनमोहक दृश्य देखिने भएकाले इलाम, सँगै नेपालका अन्य जिल्ला, भारतको दार्जिलिङ र बंगालबाट सूर्योदयको दृश्यावलोकनकै लागि पर्यटक आउने गरेका छन् ।

अन्तु पुग्नुको मज्जा सूर्योदय दृश्यावलोकन मात्रै छैन । यहाँबाट देखिने उत्तरका हिमशृंखला, कोणधारी धुपी–सल्ला, अलैंची, सिजनअनुसार फलफूल तथा अरू बालीले पनि आनन्द दिने गर्दछ ।

यहाँबाट झापाका फाँट, कन्याम, भारतको दार्जिलिङ, मिरिक, सिलिगुडीलगायतका बजार वरिपरिझैं देखेपछि मनमा आनन्द आउने गर्छ ।

विभिन्न स्थानबाट दैनिक ५ सयदेखि १ हजारको हाराहारीमा पर्यटक अन्तुडाँडामा घाम झुल्केको हेर्न आउने गर्छन् ।

फिक्कल बजारबाट १३ किलोमिटरको दुरीमा रहेको श्री अन्तु डाँडा इलाम जिल्लाको एक पर्यटकीय गन्तव्यका रुपमा छ ।

श्री अन्तु समुद्री सतहबाट करिब २,३०० मिटर उचाईमा अवस्थित छ । यो स्थान इलामको व्यवसायिक एवं नेपाल भारतको एक पूर्वी नाका रमणीय बजार पशुपतिनगरबाट र फिक्कलबाट एक घण्टाको पैदल दुरीमा पर्दछ ।

जसको प्रचार प्रसार, ब्यवस्थापन र पुर्वाधार विकासमा अझै सम्बन्धित निकाय र राज्यले ध्यान दिने हो भने यसले आन्तरिक तथा वाह्य प्रर्यटन विकासमा ठुलो फड्को मार्न सक्छ ।

५ दिने महोत्सव सकियो

पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको पहिलो पाँचदिने सूर्योदय पर्यटन महोत्सव बुधबार सम्पन्न भएको छ। यो महोत्सव नगरका विभिन्न ६ स्थानमा फरक–फरक कार्यक्रम गरिएको थियो ।

पाँच दिनको महोत्सवमा पञ्चकन्या, श्रीअन्तु, पशुपतिनगर, गोर्खे, कन्याम र फिक्कल क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरिएको थियो।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको महोत्सव सफल भएको महोत्सव आयोजकले जनाएको छ ।

महोत्सव आयोजक मूल समारोह समितिकी संयोजक दुर्गादेवी भट्टराईका अनुसार महोत्सवले सूर्योदय क्षेत्रका पर्यटकीय गन्तव्यहरूको राम्रोसँग प्रचार–प्रसार भएको छ । त्यस्तै क्षेत्रगत रूपमा भएका कार्यक्रमले नयाँ ठाउँलाई समेत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा लिएको उनले बताइन् ।

कन्याम, इलाम

महोत्सवमा रेड पान्डाको अवलोकनका लागि आयोजना गरिएको रेड पान्डा ट्रेल, अन्तु पोखरीमा फिसिङ तथा बोटिङमा पर्यटकले मजा लिएका थिए । महोत्सवमा हराउँदै गएको काठको रोटेपिङ, लिंगेपिङ, चाकाचुलीजस्ता परम्परागत खेलहरूको समेत व्यवस्था गरिएको थियो।

त्यस्तै पशुपतिनगरको सस्तो बजार कार्यक्रम, कन्यामको सुन्दर घोडा प्रतियोगिता, सूर्य पूजा, लोपोन्मुख लेप्चा जातिको संग्रहालय अवलोकन, डम्फु साँझले पर्यटकहरूलाई तानेको थियो।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ८ : ०९ बजे

दिल्ली विस्फोट : कारभित्र थिए पुलवामाका डाक्टर उमर, अहिलेसम्म १२ को मृत्यु

नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर

शान्ति पुनर्स्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना  गृह बाँकेले

पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्धको फैसला नोभेम्बरको अन्त्यतिर आउने सङ्केत

ढाका– बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाविरुद्ध दायर मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दाको

राष्ट्रिय सतर्कता केन्द्रलाई कर्मचारी र कार्यालय भवनको अभाव

काठमाडौं– सार्वजनिक निकायको सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन र

मधेशका मुख्यमन्त्री यादवविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा दिए रिट

जनकपुरधाम– मधेस प्रदेश सरकारमा मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा