देश विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा « Khabarhub

देश विकासमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण : मन्त्री बाँस्कोटा


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे- सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षालाई आयआर्जनसँग जोड्नुपर्ने बताएका छन् ।

उनले सार्वजनिक शिक्षाको महत्व बढाउँदै गएकाले शिक्षालाई सर्वसुलका साथै आयआर्जनमा जोड्नु पर्नेमा जोडदिए ।

जिल्लाको कोसीपारि स्थित भुम्लु गाउँपालिकाको सिम्थली स्थित अरुणोदय माध्यमिक बिद्यालयको नवनिर्मित १८ कोठे भवनको हस्तान्तरण तथा उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउँदै लैजाने बताए ।

मन्त्री बाँस्कोटाले कितावमा लेखिएको मात्रै नभई बाहिरी ज्ञान, सामाजिक ज्ञान र प्रयोगात्मक ज्ञानको शिक्षा प्रदान गर्न सुझाव दिए ।

सरकारले हरेक क्षेत्रको विकासलाई गुणस्तरीय बनाउँदै लगेको बताउँदै मन्त्री बास्कोटाले शिक्षामा भौतिक पूर्वाधारसँगै नयाँ शिक्षा नीति मार्फत ब्यवहारीक र विद्यार्थीहरुले अध्ययनसँगै आयआर्जन गर्न सक्ने खालको शिक्षा उपलब्ध गराउने गरी सरकारले निर्णय गरेको बताए ।

समुदायले हरेक विकासलाई संरक्षण गर्नु पर्ने बताउँदै मन्त्री बास्कोटाले विकासलाई सदुपयोग र गुणस्तरीय बनाउनु पर्नेमा जोड दिए ।

निजी क्षेत्रको शिक्षामा आर्कषण बढेको सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दा निजी क्षेत्रको भन्दा धेरै भौतिक पूर्वाधार लगायतको ब्यवस्था भएकाले विद्यार्थीहरुको रोजाई बन्ने गरी कार्य गर्न शिक्षक र अभिभावकहरुलाई अनुरोध गरे ।

मुलुकको विकासमा सामुदायिक विद्यालयको महत्वपूर्ण भूमिका भएकाले सामुदायिक विद्यालय प्रतिको गुणस्तर आर्कषण बढाउनु पर्नेमा मन्त्री बास्कोटाले जोड दिए ।

भुम्लु गाउँपालिकाको सिम्थलीको अरुणोदय र चौबासमा रहेको सेतीदेवी माविको उद्घाटनसँगै मन्त्री बास्कोटाले असल नीति र असल कार्यान्वयन प्राथमिकतामा रहेको बताए ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ७ : २५ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर