सेजलाई प्रयोगविहीन नबनाउन अर्थमन्त्रीको आग्रह « Khabarhub

सेजलाई प्रयोगविहीन नबनाउन अर्थमन्त्रीको आग्रह


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।

पाँचखाल नगरपालिका ८ मा निर्माणाधीन सेजको शनिवार निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरे ।

यसका लागि बजेको अभाव नहुने र बजेट अभावले काम नरोकिने भन्दै उनले यसबारेमा उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेको बताए ।

उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरूलाई झकझकाउन आग्रह गरे। मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, ‘बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ। अर्बौं लगानी गरियो । अहिले प्रयोगविहीन अवस्थामा छ। यो निकै दुःखलाग्दो विषय हो।’

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । ‘सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेष गरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ’, उनले भने ।

चालू आवमा १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोडमा पर्खाल निर्माण भइरहेको छ। सेज निर्माणका लागि नगरपालिकाको वडा नं ७ र ८ स्थित पाँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ५० बजे

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँ : मन्त्री लम्साल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा