सेजलाई प्रयोगविहीन नबनाउन अर्थमन्त्रीको आग्रह | Khabarhub Khabarhub

सेजलाई प्रयोगविहीन नबनाउन अर्थमन्त्रीको आग्रह


२१ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – अर्थमन्त्री डा युवराज खतिवडाले पाँचखालमा निर्माणाधीन विशेष आर्थिक क्षेत्र (सेज) लाई प्रयोगविहीन नबनाउन आग्रह गरेका छन् ।

पाँचखाल नगरपालिका ८ मा निर्माणाधीन सेजको शनिवार निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय जनप्रतिनिधिसँग निर्माण तथा प्रयोगमा तदारुकताका साथ लाग्न आग्रह गरे ।

यसका लागि बजेको अभाव नहुने र बजेट अभावले काम नरोकिने भन्दै उनले यसबारेमा उद्योग मन्त्रालयसँग यसबारे समन्वय गरिरहेको बताए ।

उनले भौतिक संरचना निर्माण भइसकेपछि कतिपयमा सरकारको ध्यान नजाने भएकाले आफूहरूलाई झकझकाउन आग्रह गरे। मन्त्री खतिवडाले बनेपामा निर्माण भएको आइटी पार्क बिजोक अवस्थामा रहेकामा दुःखेसो पोखे । उनले भने, ‘बनेपाको आइटी पार्क बिजोक अवस्थामा छ। अर्बौं लगानी गरियो । अहिले प्रयोगविहीन अवस्थामा छ। यो निकै दुःखलाग्दो विषय हो।’

मन्त्री खतिवडाले धुलिखेलदेखि चीनतर्फको सडक विस्तार गर्ने तयारी भइरहेको उल्लेख गर्दै सडक विस्तारपछि पाँचखालको भविष्य उच्च रहेको बताए । ‘सेजभित्र व्यवसाय गर्न सुरक्षित वातावरण आवश्यक पर्ने भएकाले विशेष गरी स्थानीय जनप्रतिनिधिले सुरक्षामा ध्यान दिनुपर्दछ’, उनले भने ।

चालू आवमा १२ करोडमा सेज आयोजनाको मुख्य भवन तथा तीन करोडमा पर्खाल निर्माण भइरहेको छ। सेज निर्माणका लागि नगरपालिकाको वडा नं ७ र ८ स्थित पाँडुला देवीस्थान सामुदायिक वन र शिखरपुर सामुदायिक वन गरी करिब एक हजार रोपनी जग्गामा सेजका संरचना निर्माण थालिएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७६, शनिबार  ९ : ५० बजे

ओली सरकार : एक कदम अगाडि, दुई कदम पछाडि

काठमाडौं– सरकारले साउन २० गते देशभरका सवारी साधनहरूमा इम्बोस्ड नम्बर

पक्राउ परेको केही घण्टामै हाजिरी जमानीमा छुटे एमाले नेता ऐन महर

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी

‘रुबीकुमारीको हत्या’पछि आत्मदाह प्रयास गर्दा जलेका लक्ष्मणको पनि मृत्यु

काठमाडौँ- सुटकेसमा प्याक गरिएको अवस्थामा भेटिएकी रुबीकुमारी साह हत्याकाण्डका मुख्य

दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय 

काठमाडौं– सरकारले सात दिनभित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको