गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत र परीक्षा नियन्त्रक पक्राउ « Khabarhub

गण्डकी मेडिकल कलेजका कार्यकारी अधिकृत र परीक्षा नियन्त्रक पक्राउ


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको गण्डकी मेडिकल कलेजका पूर्वप्रमुख कार्यकारी अधिकृत सन्तोषप्रसाद खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

कलेजमा अध्ययनरत विद्यार्थीले एमबिबिएसमा बढी शुल्क लिएको भन्दै कलेज सञ्चालक समितिका अध्यक्षसहित १० जनालाई ठगीसम्बन्धी उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतको अनुमतिपछि १० जनालाई पक्राउ पुर्जी जारी गरेर खनाल र शर्मालाई उनको निवासबाट बुधबार राति पक्राउ गरिएको र बाँकी आठ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

विद्यार्थीले गण्डकी मेडिकल कलेज सञ्चालक समितिका अध्यक्ष खुमा अर्याल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल डा रवीन्द्र श्रेष्ठ, फाइनान्सियल कन्ट्रोलर युवराज शर्मा, स्टोर किपर कृष्ण पौडेल, लेखाका हरि पौडेल, कर्मचारी दिनेश पौडेल र तिलक पौडेलविरुद्ध उजुरी दिएका थिए ।

आफूहरुबाट  ५५ करोड रुपैयाँ भन्दा बढी ठगी गरेको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने, शुल्क तिरेपछि बिल– भौचर दिनुपर्ने लगायत चारबुँदे माग राखेर कलेजका पाँच सय बढी विद्यार्थी एक महिनादेखि आन्दोलनमा छन् ।

प्रतिव्यक्ति ८ देखि १८ लाख रुपैयाँसम्म बढी रकम असुल्ने गरेको विद्यार्थीको आरोप छ । आन्दोलनका क्रममा कलेजको बहिरङ्ग सेवाको कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरेसंँगै करीब एक महीनादेखि सो सेवासमेत प्रभावित भएको छ ।

सरकारले काठमाडौँ उपत्यका बाहिरका मेडिकल कलेजमा एमबिबिएसको शुल्क  ४२ लाख रुपैयाँ शुल्क निर्धारण गरे पनि कलेजले भने  ५५ लाख रुपैयाँसम्म असुल्ने गरेको विद्यार्थीको आरोप छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ४ : ०७ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको