वामपन्थी नेता पण्डितको अन्त्येष्टि « Khabarhub

वामपन्थी नेता पण्डितको अन्त्येष्टि


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको बिहीवार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए । गत मङ्गलबार हृदयाघातका कारण उनको निधन भएको थियो ।

पशुपति आर्यघाटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेता सहभागी थिए । अन्त्येष्टिअघि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा राखिएको थियो ।  उनको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको झण्डा ओढाएका थिए ।

दिव‌ंगत पण्डितप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, नेकपाका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य र सुवास नेम्बाङ, नेपाली कांँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलगायत नेता धुम्बाराही थिए ।

नुवाकोट जिल्ला शिखरबेंसी– ६ मा २००३ साउन ३२ गते बुबा सूर्यबहादुर र आमा मानकुमारीबाट जन्मिएका पण्डितले पञ्चायतकालमा जिल्लामा कम्युनिस्ट आन्दोलन विस्तारका लागि भूमिका निर्वाह गरेका थिए ।

२०४८ सालको आमनिर्वाचमा नुवाकोट– २ बाट नेकपा (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित पण्डित पुष्पलाल प्रतिष्ठानका सदस्य पनि थिए । काठमाडौँको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ५ : ०१ बजे

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट