‘थाइ रक्षा चार्त पार्टी’ खारेज’, पदाधिकारीलाई १० वर्ष राजनीतिमा प्रतिवन्ध « Khabarhub

‘थाइ रक्षा चार्त पार्टी’ खारेज’, पदाधिकारीलाई १० वर्ष राजनीतिमा प्रतिवन्ध


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

थाइल्याण्ड- राजकुमारीलाई चुनावमा उम्मेदवार उठाउने घोषणा गरेको थाइल्याण्डको ‘थाई रक्षा चार्त पार्टी’लाई संवैधानिक अदालतले खारेज गरेको छ । थाई राजा महावजिरलङ्कोर्णकी दिदी उबोलरत्न राजकन्या सिरिवन्दना वर्नावदीलाई आगामी मार्च २४ मा हुन लागेको आम निर्वाचनमा उम्मेद्वार बनाउने घोषणा गरेको थाई रक्षा चार्त पार्टीलाई संवैधानिक अदालतले खारेज गरेको हो ।

अदालतले पार्टीलाई खारेज गरेको तथा पार्टीको कार्यकारी समितिका पदाधिकारीलाई १० वर्षसम्म राजनीतिमा प्रवेश नदिनेगरी फैसला सुनाएको हो । थाई रक्षा चार्त पार्टीले राजकुमारी उबोलरत्नलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएपछि थाइल्याण्डको निर्वाचन आयोगले पार्टीको यो कदम मुलुकको संवैधानिक राजतन्त्रको प्रतिकूल रहेको भन्दै संवैधानिक अदालतमा उजुरी दिएको थियो ।

६७ वर्षीया राजकुमारी उबोलरत्नले सन् १९७२ मा आफ्नो राजकीय पद त्यागेपनि उनलाई थाइल्याण्डमा अझै पनि राजकुमारीजस्तै व्यवहार गरिने बताइएको छ । राजा महा वजिरलङ्कोर्णले पनि राजकुमारी उबोलरत्नको उम्मेद्वारीको चर्को विरोध गरेका थिए ।

चुनाव आउन दुई साताअघि संवैधानिक अदालतले यो फैसलालाई निकै महत्वका साथ हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । थाई रक्षा चार्त पार्टीलाई थाइल्याण्डको वर्तमान संस्थापन विरोधी तथा पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा प्रति वफादार पार्टी मानिन्छ ।

सन् २०१४ मा सेनाले तत्कालिन प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पदच्युत गरी शासन आफ्नो हातमा लिएपछि थाइल्याण्डमा हुन लागेको यो पहिलो आम चुनाव हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ७ : २८ बजे

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।