क्याथोलिक धर्मगुरु यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर « Khabarhub

क्याथोलिक धर्मगुरु यौन दुर्व्यवहार प्रकरणमा दोषी ठहर


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स– छात्रहरुविरुद्ध हुँदै आएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको अभियोगमा फ्रान्सका एकजना क्याथोलिक धर्मगुरुलाई अदालतले दोषी ठहर गरेको छ ।

लियोँ शहरका क्याथोलिक धर्मगुरु कार्डिनल फिलिप बर्बेनले आफ्नो धार्मिक क्षेत्राधिकारभित्र छात्रहरुविरुद्ध भएको यौन दुव्र्यवहारविरुद्ध कुनै कदम नचालेको भन्दै उनलाई ६ महिनाको निलम्बित जेल सजाय समेत सुनाइएको छ ।

उनले १० दिन भित्र उपल्लो अदालतमा पुनरावेदन दिनसक्ने छन् । एकजना धर्मगुरुले सन् १९८० तथा ९० को दशकमा आफ्ना छात्रहरुविरुद्ध यौन दुराचार गरेको थाहा पाउँदा पाउँदै पनि कुनै कदम नचालेकोमा उनलाई दोषी ठहर गरिएको हो ।

यौन दुराचारको मामिलामा दोषी ठहर हुने उनी फ्रान्सको क्याथोलिक चर्चका सबैभन्दा उच्च पदस्थ धर्मगुरु हुन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  ९ : २१ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट