विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्छ : सतपालजी महाराज « Khabarhub

विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्छ : सतपालजी महाराज


२३ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेपाल मानव धर्मका प्रणेता श्री सतपालजी महाराजले विश्व शान्तिका लागि नेपाल–भारतबीच सद्भाव हुनुपर्ने बताएका छन् ।

झापाको धुलाबारीस्थित नन्दागंगा नदी तटमा बिहीबारदेखि शुरू भएको विराट सत्संग समारोहलाई सम्बोधन गर्दै महाराजले नेपाल–भारत धार्मिक रुपमा पनि सम्बन्धित रहेको बताए । ‘बुद्ध जन्मिएको देश, जानकी माता जन्मिएको देश नेपाललाई प्रणाम छ,’ उहाँले भने, ‘नेपाल धार्मिक ज्ञानको खानी पनि हो ।’

बिहीबारदेखि शुरू भएर शुक्रबारसम्म चल्ने समारोहको सतपालजी महाराज र १ नम्बर प्रदेशका मुख्यमन्त्री तथा प्रमुख अतिथि शेरधन राईले पानसमा द्वीप प्रज्वलन गरेर संयुक्त रुपमा उद्घाटन गरे ।  कार्यक्रममा मुख्यमन्त्री राईसहित प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली, जिल्ला समन्वय समिति झापा प्रमुख सोमनाथ पोर्तेल, मेची नगरपालिका प्रमुख विनोद आचार्य, दमक नगरपालिका प्रमुख रोम ओली, गौरदह नगरपालिकाका प्रमुख रोहितकुमार शाह, मेची नगरपालिकाका उपप्रमुख मिना उप्रेति, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, नेपाली कांग्रेसका जिल्ला उपसभापति राम कट्टेल लगायत विशिष्ट अतिथिका रुपमा रहेका थिए ।

समारोहलाई सम्बोधन गर्दै सद्गुरूदेव महाराजले नेपाल देश धर्म र ज्ञानको देश भएको बताउँदै भने ‘हामीले बाह्य ज्ञान धेरै लिइरहेका छौं । तर आफूलाई जान्ने कुरा सत्संगमा सुन्न पाइन्छ । हामी ग्रहहरू र ब्रह्माण्डको बारेमा पनि जानिरहेका छौं । तर सबै कुरा जान्छौं भनेर भन्न सकिँदैन ।’

विज्ञानले भन्ने गरेको शक्ति र अध्यात्मले भन्ने गरेको आत्माको प्रसंग जोड्ने महाराजले भन्नुभयो, ‘विज्ञानले भन्छ – शक्तिको जन्म हुँदैन, शक्तिको नाश हुँदैन । भगवान श्रीकृष्णले गीतामा भनेका छन् – आत्मालाई शस्त्रअस्त्रले नास गर्न सक्दैन, यो अविनाशी छ । त्यो आत्मलाई कसरी जान्न सकिन्छ भनेर खोज्नुपर्छ ।’

यसैबीच, समारोहमा मेची नगरपालिकाले सद्गुरूदेव सतपालजी महाराजलाई नागरिक अभिनन्दन गरेको छ । नगर उपप्रमुख मीना पोखरेलद्वारा वाचन गरिएको अभिनन्दनपत्र प्रमुख विमल आचार्यले हस्तान्तरण गरेका थिए । महाराजका कार्यक्रमले धार्मिक क्षेत्रमा अतुलनीय योगदान पु¥याएको भन्दै नगरपालिकाले अभिनन्दन गरेको छ ।

नेपाली शान्ति र एकताको पक्षमा : मुख्यमन्त्री राई

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शेरधन राईले नेपाली शान्ति र एकताको पक्षमा रहेको बताए ।  ‘नेपाल तीब्र गतिमा बदलिरहेको छ । विश्व जनमत शान्ति र मानव एकताको पक्षमा उर्लिराखेको छ,’ उनले भने, ‘दुनियाँ समयको गतिसँगै युगको परिवर्तनसँगै सबै प्रकारका हिंसा, अशान्ति, द्वन्द्वहरूको विपक्षमा उभिएको छ ।’

समारोहमा बोल्दै आयोजक समितिका वरिष्ठ सल्लाहकार डा. जेपी अग्रवालले मानव धर्मले युवालाई धर्मको गुदी बताउने भएका कारण संस्थामा धेरै युवा आवद्ध रहेको बताए ।  समारोहमा नेपाल, भारत र भुटानका गरी करीब १ लाख ५० हजार भक्तजनको सहभागिता रहेको नेपाल मानव धर्म सेवा समिति श्रद्धेय आश्रम धुलाबारीका सचिव ईन्द्र प्रधानले बताए ।

‘सामाजिक सद्भाव, आत्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि मानव धर्म सेवा समितिले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गर्ने गरेको छ,’ आयोजक समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले भने, ‘धर्म र भगवानबारे रहेका विभिन्न मतको सार तत्वलाई दर्शाउँदै मानव धर्मले ईश्वरको साक्षात दर्शन गर्न सकिने बाटो समेत बताउने गरेको छ ।’ यसअघि काठमाडौं, चितवन, हेटौडा, नेपालगञ्ज, महेन्द्रनगर लगायत क्षेत्रमा धार्मिक कार्यक्रम सम्पन्न भइसकेका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७५, बिहीबार  १० : ५६ बजे

राष्ट्रकवि घिमिरेका पुत्र इन्दिवर रसुवा बाढीपछि बेपत्ता

काठमाडौं- राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेका ज्येष्ठ पुत्र तथा नेपाल विद्युत प्राधिकरणका

एनसेलले थप ७ दिन बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा दिने

काठमाडौं- एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा

रसुवा बाढीमा बेपत्तामध्ये चितवनमा संकलित २२९ शव सामूहिक रूपमा व्यवस्थापन गरिने

चितवन– रसुवामा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका २३३ शवमध्ये

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर– भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र

बाढी प्रभावितका लागि आर्य फार्मेसीद्वारा औषधि सहयोग

काठमाडौं– बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत