३ महिनादेखि पदाधिकारीविहीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय « Khabarhub

३ महिनादेखि पदाधिकारीविहीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कञ्चनपुर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ३ महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपति (प्रधानमन्त्री)ले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताए ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।

विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको कामकारवाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने कामलगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताए ।

यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको ३ वर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ ।

सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उनीहरुकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक पनि हालसम्म नियुक्त हुननसकेको पन्तले बताए । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन