३ महिनादेखि पदाधिकारीविहीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय | Khabarhub Khabarhub

३ महिनादेखि पदाधिकारीविहीन सुदूरपश्चिमाञ्चल विश्वविद्यालय


२४ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कञ्चनपुर– सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ३ महीनादेखि पदाधिकारीविहीन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपति (प्रधानमन्त्री)ले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहीन बनेको हो ।

पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र पठाइएको थियो । तीन महीना भइसक्दासमेत सरकारले निणय गर्न नसक्दा विश्वविद्यालय पदाधिकारीविहीन अवस्थामा पुगेको विश्वविद्यालयका प्रवक्ता तथा सूचना प्रमुख गोविन्दबल्लभ पन्तले बताए ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै कार्यस्थल केन्द्रीय कार्यालय महेन्द्रनगरमा नबसी काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमणभत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए ।

विवादमा आएपछि सरकारले गत पुसमा दुबैलाई पदमा रहेर काम नगर्न भन्दै पत्र पठाएको हो । गत माघ २० गते आएको छानबिन टोलीले उपकुलपति र रजिष्ट्रारका काम कारवाहीका बारेमा छानबिन गरेर माघ २६ गते उक्त छानबिनको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

छानबिनको प्रतिवेदन अध्ययनपछि उपकुलपति र रजिष्ट्रारको कामकारवाहीको निर्णय गर्ने भनिए पनि हालसम्म सरकारले उपकुलपति र रजिष्ट्रारको टुङ्गो लगाउन सकेको छैन । सरकारले निर्णय नगर्दा उपकुलपति र रजिष्ट्रारबाट सम्पादन हुने कामलगायत विश्वविद्यालयको सम्पूर्ण आर्थिक गतिविधि प्रभावित भइरहेको पन्तले बताए ।

यसैगरी, गत माघ २३ गते परीक्षा नियन्त्रक भाष्करदत्त जोशीको ३ वर्षे कार्यकाल पूरा भएपछि हाल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय पनि नेतृत्वविहीन अवस्थामा छ ।

सरकारले उपकुलपति र रजिष्ट्रारलाई नै पदमा नराखेपछि उनीहरुकै सहमतिमा नियुक्त हुने परीक्षा नियन्त्रक पनि हालसम्म नियुक्त हुननसकेको पन्तले बताए । परीक्षा नियन्त्रण कार्यालय सहपरीक्षा नियन्त्रकको भरमा सञ्चालनमा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : २६ बजे

बुटवलको विद्यालयले भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो

काठमाडौं- रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी

खोलामा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु

चन्द्रपुर– रौतहटको लालबकैया खोलामा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौं– जेन-जी प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा

दसैँअघि चितवनको इच्छाकामना गाउँपालिका कार्यालय सञ्चालनमा नआउने

मुग्लिन– जेनजीका नाममा भएको प्रदर्शनमा भदौ २४ गते भएको आगजनी

सुशीला कार्कीको नियुक्ति संविधानविपरीत : जनमोर्चा 

काठमाडौं– राष्ट्रिय जनमोर्चाले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्व प्रधानन्यायाधीश सुशीला